कविता : जुनकिरी

~निश्चल काउचा~Nischal Kaucha

जुनकिरी हुँ म
मलाई चन्द्रमा मन पर्दैन
जुन अर्काको उज्याँलोमा चम्किन्छ
जुनको प्रकाश बादलले छेक्न सक्छ
औशीले लुकाउन सक्छ

म स्वतन्त्र छु
जता पनि उडन सक्छु
मेरो उज्याँलोले
भ्यागुताहरु तर्सन्छन्
ट्वार ट्वार गर्न वाध्य हुन्छन्
र
वृष्टि हुन्छ
तिर्खालु धर्तिले सुखको लामो सास फेर्छिन
आकाश खुल्छिन

स्वार्थीहरु चन्द्रमाको उज्याँलोमा रमाँउछन
घमण्डका पहाड उक्लिन्छन
धाक र रवाफ लगाउछन
परजिबीहरु
आफ्नै उज्याँलोमा बाँच्न सिक

जुनकिरी हुँ म
मेरो आफ्नै धर्ती छ
मेरो आफ्नै आकाश छ

जुनकिरी हुँ म
अदिप्त चन्द्रमा मलाई मन पर्दैन

-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.