~रुमानी राई~
याे मन तिमीलाई नै खाेजिरहन्छ
हरपल तिम्रैबारे साेचिरहन्छ ।
उदास उदास भईदिन्छ याे मन
एकैछिन तिमीलाई सामु नदेख्दा
उजाड उजाड लाग्छ सारा संसार
एकान्तमा तिमीलाई कतै नभेट्दा
याे मन तिमीलाई नै साेधिरहन्छ ।।
एकाेहाेराे तिम्रै मायामा पग्लिरहने
तिमी नै भन याे कस्ताे टुना लगायाै
चुपचाप थियाे जाे सुनसान थियाे
याे मनकाे शान्त तलाऊ किन चलायाै
याे मन तिम्रै तस्वीर काेरिरहन्छ ।।।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)