~पद्मावती सिंह~
नदी भएर बग्दै थिए आफ्नै यात्रामा
अनायास ठोक्किन पुगेँ लहर बनी किनारामा
लहरलहर ब्युझिरहेँ हरेक ठोक्काइमा
किरण किरण नुहाइरहेँ न्यानो अङ्ग़ालोमा
किनारासित ठोक्किएर बग्नु रहेछ नियति
सगर सगर निहारिरहेँ एकान्त किनारलाई
बगर बगर बगीरहेँ दुबै किनारा भत्काई
सललल बगीरहेथेँ ठोक्किएँ चट्टानमा
शब्द : पद्मावती सिंह
स्वर: सबिता ढुङ्गाना
संगीत: शम्भूजित बास्कोटा