कथा : ह्याङओभर

~खिमु केसी~

अर्लाम बज्यो पाँच बजे । पूरा रिङ सकियो । ब्यूँझिइनन् रीता । अर्लाम बन्द भयोे । दश मिनेट पछि पुनः बज्यो घण्टी । रीता मस्ताराम । बिछ्याउनमा । यो पटकको घण्टीले पनि उसलाई ब्यूँझाउन सकेन । रातभरको ह्याङओभर अझै हटेको थिएन । आठ बज्यो । बिहान पौने छ बजेको क्लास । जनतन उठि सवा दुइ घण्टापछि । शरीर लामो गरी तन्काइ । छिरी बाथरुममा । कक्षामा उपस्थित हुन सकिन ऊ ।

केही समयपछि भान्सामा गई । केही थिएनन् केवल राती खाएका जुठा भाँडा र वियरका बोतलबाहेक । छेउछाउमा चुरोटका ठुटाहरु । तनाव भयो । ड्रेसिङ रुममा गई । ड्रेस चेञ्ज गरी । व्याग बोकेर निस्की रुमबाहिर । मोबाइलको किप्याडमा नरेको नम्बर डायल गरी । ‘म सानेपा चोकमा छु प्लीज आ’न ।’ रीताले फोन काटी ।

पन्ध्र मिनेटमैै हाजिर भयो नरे सानेपा चोेकमा । सल्किरहेको चुरोटलाई दुई सर्को तान्दैै रोडमा फ्याँकी रीताले । ‘साला हिजोको ह्याङओभर अझै हटेको छैन । कहाँ जाने होला ? कलेज पनि जान सकिनँ । हुन त कलेज गए पनि के नै पढिन्थ्यो र ! तैपनि गा’कोे भए जमघट हुने थियोे ।’ एकैपटक सबैै कुरा सिध्याइ रीताले ।

खाने बेलाचाहिं आँखा चिम्लेर खाने अनि अहिले हुँदैन त ह्याङओभर !’ नरे अलि तातियो । ‘कम अन । कुल यार । कहिलेकाहीं यस्तो हुन्छ । प्लीज वी पोजिटिभ’ रीता बोल्दैछे । एक खिल्ली निकाली । एक सर्को तानी । ‘ल तँ नै भन आज कहाँ जाने ?’

‘मलाई केही था छैैन ।’ नरेले उत्तर दियो । ‘चोेकमा उभिएर यस्तो बेइज्जत नगरौं यार । जाउँ हिड सिंंघम रिटर्नस् हेर्न ।’ ‘कति नैै इज्जत भा’को जस्तो, चोकमा उभिए बेइज्जत हुन्छ रे ।’ नरे उसकोे प्रतिउत्तर दिएकै छ । तैपनि अन्तमा फिलिम हेर्न जान उ तयार भयो ।

सानेपाबाट कुपोेण्डल हुँदै दरबार मार्गबाट सिटी सेन्टर पुगे उनीहरु । फिलिम छुटेको दश मिनेट भएको थियोे । छुटेको फिलिम हेर्र्न हलमा छिरे । फिलिम हल छिरेलगत्तै रीताको मोेबाइलमा म्यासेज आयो । ‘यु आर नट सेफ’ म्यासेजले रीताको ह्याङओभर सबैै उड्यो । रीताले नरेलाई म्यासेज देखाइ । म्यासेजलाई नरेले सिरियसली लिएन । ‘वाइ मिस्टेक आ’कोे होला रीता । फिलिममा ध्यान देऊ । फेरि दोस्रो म्यासेज आयो रीताको मोेबाइलमा । ‘मे बी योर लास्ट फिल्म । इञ्जोय द फिल्म ।’ यो पटकको म्यासेजले रीताको चिटचिट पसिना निकाल्यो ।

‘प्लीज हेल्प मी नरे ।’ तुरुन्तै उनीहरु हल बाहिर निस्के । फोन लगाए । मोबाइल अफ छ । रीता धेरै आत्तिएकी छे । फेरि डायल गरी अफ नै छ । नरेले बाइक रीताको कोेठातिर कुदायो । बिल्कुल नयाँ नम्बर । कहिल्यै सम्पर्क नभएको नम्बर । रीताले तोरीको फूल देख्न थाली ।

झट्टपट्ट बाइकबाट ओेर्लिइ । चाबी निकाली । ताला खुलेन । यसो माथि हेरी ताला नयाँ छ । उसको सातो गयो । ‘नरे यो के भा’को । नयाँ ताला छ । मलाइ डर लाग्यो । प्लीज केही गर नरे ।’ रीताले आत्तिदै भनी । नरेले ताला फुटायोे । कोेठाभित्र केही थिएन केवल जुठा भाँडा र वियरका बोतल । उसकोे नगद र जिन्सी गरेर करिब दुइ लाख थिएन ।

रीताको लागि दुइ लाख केही पनि थिएन । किनकि उ हुने खाने बाउकी एक्ली छोेरी थिई । घरपरिवारले होस्टेलमा बसाल्दा उ नमानी कोेठा लिएर बसेकी थिइ । उ पहिलेदेखि नै उसको स्वभावकी थिई । सधैैं साथीहरुलाई कोेठामा मस्ती गराउने । कलेज पनि कम जाने । गए पनि कक्षाहरु बङ्क गर्थी । साथीहरु पनि त्यस्तै थिए । उसकोे पैैसामा मोज गरेका थिए । तीन÷चार जनाको त गृृहस्थी नै रीताले चलाइदिएकी थिई । मान्छे आधुनिक पाराको । होहल्ला गर्ने बबाली । उसँग एउटा राम्रो विशेषता भनेको अरुको दुःखमा पूरा सहयोग गर्थी । धेरैलाई दिएको सापटीको उसले हिसाब राख्दैनथी । कतिले दिन्थे । कतिले पचाउँथे । जेहोस् अरुलाई पिराएकी थिइन । तैपनि सारा लुटियो उसको ।

दुई दिनसम्म पनि त्यो म्यासेज आउने मोवाइल अफ थियो । त्यसैले उक्त नम्बरको प्रयोगकर्ता पत्ता लगाउन टेलिकमतिर गई । जब प्रयोेगकर्ता थाहा पाइ, एकछिन त रीता त्यही होपलेस भई । उ छाँगाबाट खसेझैं भई । जसलाई जीवनको सबैभन्दा प्यारो मान्छे मानेकी थिई । जसलाई परिवारको एउटा सदस्यजस्तै मानेकी थिई । अरु कोेही नभएर ऊ त्यही नरे थियो ।

उसलाई फ्ल्यासव्याक भयो । फिलिम हेर्दा म्यासेजको वेवास्ता । उसको दुःखमा नरेको प्रतिक्रिया सबै रिमाइण्ड भयो । रीतालाई महसुस भयो कि यो सबै नरेको प्लान हो । तुरुन्तैै फोन डायल गरी नरेलाई । मोबाइल अफ थियो नरेको । पटक–पटक कोसिस गरी सफल भएन । धर्मेन्द्र, जीवन, केशव र प्रतिभा सबैको मोबाइलमा कोसिस गरी । कसैकोमा लागेन । टोलाएर कोठामा फर्की । घरमा खबर पठाए उल्टो गाली पाउने डरले कुनै जानकारी गराइन् रीताले । बस भाडा र तरकारी खाने पैसासमेत रहेन उसको । ‘नरे जसले मलाई बहिनीको साइनो लगाएको थियो । अहिले महसुस हुँदैछ । सब साइनो पैैसामा जोडिएको रैै’छ । आफ्नो सहोदर बहिनीभन्दा मलाई माया गथ्र्यो । कहिल्यैै कुरा काट्दैनथ्यो । सुनेकी त थिएँ यहाँ पैसा हुनेहरुलाई आफ्नो बनाइन्छ । आफ्नोलाई पराइ । आज आफ्नैै जीवनमा घट््योे ।’

भोलिपल्ट बिहानै कलेज गई । आफ्नो ग्रुपको कसैलाई देखिनँ । सबैैजना अनुपस्थित थिए । कक्षा लिने उसकोे मुड नै थिएन । कलेजभित्र छिरिसकेपछि छुट्टी नहुँदासम्म कम्पाउण्ड बाहिर जान नपाउने भएकाले जबर्जस्ती कक्षामै बसी । उसकोे ध्यान शिक्षकहरु प्र्रति थिएन । शिक्षकले पढाएको उसको दिमाग केही छिरेन । उसकोे ध्यान सबैै घटनामै थियो । उ हराएकी थिई कक्षाकोठामा । उसलाई त्यही कुराले पिरोलिरहेको थियोे । साथीहरुबाट भएको विश्वासघात । कक्षा सकियो । कलेज छुट्टी भयो । कलेज बाहिर आई । व्यागको सानो पकेट छामी । सय रुपैयाँ भेटाइ । नजिकै रहेको होेटेलमा चिया खान पसी । सँंगैको कुर्सी तान्दै प्र्रज्ञा रीता नजिक आई ।

चिया आयो । अरु के ल्याउँ दिदी ? वेटरले सोध्यो ।

नाइ भयो । रीताले भनी ।

भाइ मलाई एउटा समोेसा पनि ।

तिमी पनि खाउन एउटा समोसा रीता, भाइ दुइवटा ल्याउ । प्र्रज्ञाले अर्र्डर गरी ।

रीता तिमीलाई के भा’कोे छ प्लीज भन न ? तिमी खुशी देखिदैैनौ ।

के भनौं यार । धोेका ।

धोका !?

केमा धोेका ? कस्तो धोका ? कसले दियोे धोका ? लगातार प्र्रश्नहरु राखी प्र्रज्ञाले ।

हो धोका । आफ्नै साथीहरुबाट धोेका पाएँ प्रज्ञा मैैले ।

को हो नि त्यो ?

नरेहरु ।

नरे ! आइ मिन, तिम्र्रो दाइ ।

कहाँ दाइ हुनु प्र्रज्ञा त्योे त चोर हो । उसले त मेरो धन प्राप्त गर्र्न स्वार्थी साइनो गाँसेको रैै’छ । त्यो विश्वासघाती । उसकोे धेरै दुःखमा मैले सघाएँ । तर उसलाई त्यतिले पुगेन । उसको योेजनामा मेरो कोठाबाट सबथोक लुटियो प्रज्ञा । आइ यम इम्प्टी नाउ । म अहिले ह्याङ छु प्रज्ञा । दोष मेरो पनि होे । नचिनेको मान्छेसँग चाँडैै समिप भएँ । बिना सम्झौता पैैसा सापट दिएँ । पछुतो छ मलाई अहिले ।

लिभ इट रीता । तिमी त भाग्यमानी रहेछौं । मात्र पैैसा र सामान लुटियो । एकपटक सोच त तिमी आफै लुटिएको भए ? सधैैंको लागि योे समाजको तिरस्कृृत नारी हुने थियौ । कसैकोे लागि योग्य नहुन सक्थ्यौ । पैैसा तिमी भोेलि जोेड्न सक्छौ । चरित्र र इज्जत जोेड््न सक्ने थिएनौ । जाउँ हिड पुलिसकोमा रिपोर्टकोे लागि । रिमुभ द ह्याङ ।

०००

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.