~मनु वि.क.~
छिन्नभिन्न टुक्रा टुक्रा हुने भयो राष्ट्रियता
नेपालीलाई भाँड्न आयो नेपालमा संघीयता
सबै मिली बाँधेका नेपाली हौं हामी
नेपालीको एकतालाई फाँड्न आयो संघीयता
जाति, भाषा, धर्म ठूलो भ्रम केही क्षणको
नेपालीलाई फुटाएर भाँड्न आयो संघीयता
संघीयताकै गुणगान गाउँदै हिंड्न थाले दुष्ट जन
हातै पिच्छे यो देशलाई बाँड्न आयो संघीयता
भ्रमजालमा पारिकन जातिजाति नेपालीलाई
डलरकै रासले देश गाड्न आयो संघीयता
छिनिसके नेपालीले दुष्टको त्यो भाँड्ने चाला
देशभक्त सबै मिलि फाल्न लायो संघीयता
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ४ – Nov. 30, 2011 – २०६८ मंसिर १४ गते, मंगलवार)