~रवि प्राञ्जल~
कतै भने पेटभित्र आगो बली रह्यो
कतै भने मात लागी मान्छे ढली रह्यो
एउटा सूर्य क्षितिजको समुद्रमा डुब्यो
अर्को सूर्य छातीभित्र अँझै जली रह्यो
ग्रहण लागेिरहेको यो कालो सडकमा
पाइलाहरू लड्खडाई मान्छ ढली रह्यो
जति रोकूँ भने पनि रोक्नै सकिएन
मुटुभित्र विरहको हुरी चली रह्यो
समयले नै धेरै कुरा भन्यो तिमीलाई
मैले भन्न बाँकी अब अलि अलि रह्यो
(स्रोत : प्रतिनिधि नेपाली गजलहरू – गजल सङ्ग्रह – सम्पादन : ललिजन रावल)