~भोला सिवाकोटी ‘पुरानाघरे’~
१
प्राचिन घाम
सभ्यता जलाउँदै
ओरालो लाग्यो ।
२
आँखाको फुलो
नउम्रिने बिउ भो
कुमारी मन ।
३
बैंशको फूल
आगो नै पानी हुन्छ
तिम्रो पिरती ।
४
हाम्रो देशमा
पैसाकै मान्छे बन्छ
आत्मा हरायो ।
५
रित्तो गाग्रो झैंं
छछल्किएर रह्यो
हाम्रो साहित्य
छ
लाै सक्छाैं भने
स्वर्ग बसार्इं साराैं
भूटानतिर ।
७
ओसियो चुलो
कर्म या भाग्य भन्नु
बुहारी मत ।
८
आँसु पोतियो
मृत सम्झनाभरि
अमिलो हियो
९
सम्झे नजिक
बिर्से टाडा हुन्छुु कि ?
चेलीको मर्म ।
१०
तीर्खा हत्यामा
नदी नै जेल चलान्
यो वर्तमान ।
११
नसामा पानी
शरणार्थी जीवन
बाँचेको मृत्यु ।
१२ देशले माग्यो
मरेन, मर्छ किन ?
मर्द सहिद ।
१३
वैंशमा खेल
उमेरको होली लौ
पछतो रोप्न ।
चिराङ भूटान
हाल कोलोराडो अमेरिका
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)