~बाबुराम पन्थी ‘गुल्मेली’~
सुन्दर फूलको थुड्गा नेपाल पत्र थुत्न लागी पर्यौ
आफ्नो स्वार्थ पुरा गर्न निर्दोष जनता सधै मार्यौ
चुँडी सयौ थरी फूलको माला आफू चैं नेता बन्यौ
गरी कुरा समानता असमानताको खाडल खन्यौ
नलेख्नु पर्ने किन लेख्यौ सम्विधान मैं ऊँच निच
चुक्यौ तिमी याँहा पनी मानवता छैन तिमी सित
न बनायौ कडा कानून नत देशको विकास गर्यौ
बहस चल्ने संसदहलमा कुर्ची फाल्दै तिमी लड्यौ
चुनाव आँउछ भोटको लागी जनता फकाउँछौ
जित्छौ भाग्छौ काठामाण्डूमा धुकुटी सकाउछौ
जती लुट्यौ लुट्यौ तिमी अब लुट्न पाउने छैनौ
मोसो दली खुट्टा भाँच्छौं भन्छ जन भाग्न पाउदैनौ
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )