~रञ्जुश्री पराजुली~
आज नानी कता जान्छे
बुबुमाम सबै आफैं खान्छे
भोलि नानी अलि ठूली हुन्छे
पुस्तक च्यापी पढ्न जान्छे ।
हाम्रो सानी नानी धेरै ज्ञानी
झगडा नगरी पढ्न जाने
भाँडाकुटी बटुली खेल्छे नानी
माम पकाउने सक्छु भनी ।
नयाँ नाना लगाउँदा नानी राम्री
मीठो गीत गाउने छोरी हाम्री
माया गर्छन् सबैजना नानीलाई
खुशी भई माया गर्छे नानी पनि ।
(स्रोत : केटाकेटीअनलाईन डट कम)