कविता : बेनाम तिमीलाई

~प्रणिका कोयु~pranika-koyu

म जान्दिन कति कुरा
म बुझ्दिन कति कुरा
जब सम्म सिधै भनिन्दैन्नन ती
जब सम्म स्पष्ट सुनिन्दैनन ती

म जान्दिन कति कुरा
म बुझ्दिन कति कुरा
र नै शायद सिमा अदृश्य तर कोरिएका देख्दिन
र नै शायद चिन्दिन म हाँसो भित्रको रोदन

म जान्दिन कति कुरा
म बुझ्दिन कति कुरा
सकारी आफ्ना यी कमजोरी
मेरो एउटै अनुरोध
ए जून उदाउ फेरि छोडी लुकामारी
यसै पनि मेरा कमजोर छन् दृष्टी
ठम्याउन् अरुले तिमीलाई र भेटुन तिम्रा प्रत्येक रुपहरुमा
म मात्र सुन्नेछु औशी र पुर्णेका स्वरुप
ग्रहण मेरो लोभी नजरको तिमीलाई लाग्ने छैन
यो वाचा भो ए जून एक सन्तप्त आत्माको
तिमीलाई त्यसले पिरोल्ने छैन
ए जून उदाऊ तिमी, छोड लुकामारी!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.