~सुरेन्द्र महर्जन ‘अमर’~
हिँड्दा हिँड्दै कहाँ पुगें पुग्नु थियोे कता अल्झें कता
बिरानो गाउँ भेटें को मान्छे छु यता मन पुग्यो कता ।
आफ्नो भन्ने धेरै भेटें झुठो सपनाहरू बाँड्ने कति
यस्तै होला दुनियाँ आफ्नो बनी पुर्याउँछन क्षति ।
पुग्नुपर्ने थियोे टाढा अल्झें बीचमा यता न उता
हराउनु व्यर्थ कल्पनामा पीडा हुँदो रै” छ उता ।
(स्रोत : अन्तरमन को साहित्य)