~नविन आचार्य ‘लेटांगे’~
म आफु नै अपांग छु , साथ नमाग न
यो बदनामै भै सकेको , जात नमाग न
अँध्यारोमै बित्ने गर्छन्,मेरा सबै पल्
खुशी भर्ने जिन्दगीका , रात नमाग न
तिमीलाई खुशी दिन,सक्दैन यो तन
लुटी सक्या जवानीको,मात नमाग न
जानी जानी आफुलाई,लगाउन चोट्
भाँचिएका कठै मेरा , हात नमाग न
बोलि मेरो छेकी छेकी,लाटो भै सके
भावनामा डुबाइ दिने , बात नमाग न
अन्जुली भर पानी पाउन, तड्पीरहेछु
अङ्ग अङ्ग रुझाउने, बर्षात नमाग न
-लेटांग ४ मोरंग
हाल रावागं मलेशिया
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)