~राजकुमार श्रेष्ठ ‘दीप’~
कैले कहि नपिएकै बिष पनी लाग्छ
जल्ने हरू जलेको नै ठिक पनी लाग्छ
ऊर्जा हरू मिल्दो रैछ यिनकै ताप बाट
यस्तै नभएमा जीबन फिका पनी लाग्छ !
गाऊँ उस्लाई टाढा भयो बेशी झरे पछी
पहेलपूर धान खेत आँगन परे पछी
भित्र्याएसी पुस्तौं पुग्ने आफ्नो भकारीमा
लौरो को काम के नै रह्यो खोली तरे पछी ।
मनमा भक्ती भए देखी भजन गाउनु पर्दैन
आफै भित्र ईश्वर खोज्नु मन्दिर धाउनु पर्दैन
अरूलाई तड़पाई खुशी आफै होकी ईश्वर हुने
दुखाएर मेटाई फेरी साईनो लाउनु पर्दैन !!
जो पूर्ण छु भन्छ ऊ अपूर्ण हुन्छ
जो ढिक्को हु भन्छ ऊ त चुर्ण हुन्छ
घमण्ड किन गर्छौ हे अबुझ हो
निष्च्छल मान्छे मात्र संपूर्ण हुन्छ I
कहिले कही कुनै कुरो झुठो हवोस् लाग्छ
पस्किएको थालको खाना जुठो हवोस् लाग्छ
सुन्न पर्दा आज पनी मूटु चुड्या कथा
दैव तेरो लिला पनी ठुटो हवोस् लाग्छ।
भन्छन् शंका ले लंका जलाउछ
त्यस्तै, रात रहे औराख पलाउछ
फुर्क्याउदै आज रूख चढाउनेले नै
के बेर.? भोली फेदबाट हल्लाउछ।
कठै ! उस्को आशा पनी कतै फेरियो की
उनी माथी बोलीने पो भाषा फेरियो की
फेरिएकै छन् नी दिन, महिना, बर्ष सधै
यस पाली त उठाई उस्लाई साथै हेरियोकी ?
केवल खादा र ताली सस्तो भयो
त्यस्तै, बन्द र गाली सस्तो भयो
लोकतन्त्र र संबिधान नेपालमा
बांदर लाई बाली जस्तो भयो।
हाम्रो चाल सुन्दैछ
जोड़ घटाउ गुन्दैछ
चारो छरी सके पछी
जाल उस्ले बुन्दैछ।
बजोस् घण्टाहरू मन्दिरमा जोड़ले उडून् परेवाहरू
प्रभुकै होस प्रार्थना चर्चमा, नमाज़ मस्जिद हरू
आकाश हाम्रो एउटै हो , एउटै हो टेकेका धर्ती
शान्ति ॐ शान्ति बचन बुद्घका सम्मान होस् आस्थाहरू।
मन भरी घाऊ दिई गयो त्यो बैगुनीले
श्राप पनि के दिनु खै साथमै केही नहुनेले
फर्की फर्की हेर्दै गयो अझै फर्की आउने होकी
कसो गरी छेक्नु कठै भत्किएका घर हुनेले।
बेलायत
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)