~सागर कार्की~
मलाई चितामा राख
जलाऊ
अनि
खरानी बनाई नदीमा बगाऊ
म त्यो पल फेरी बाच्नेछु
म धर्ती बनेर बाच्नेछु
मेरो मृत्यूमा शोक नगर
माया गर्छौ भने
देश बोल
अनि
धर्ती जिन्दाबाद भन
मृत्यू जिन्दाबाद भन ।
(मृत्यू शिर्षकको कबिता मैले त्यस दिन लेखेको थिए जुन दिन मैले मेरो हजुरबुवालाई चिता माथी देखे । पुषको जाडोमा बेशाहारा भुईमा रगताम्य लडिरहेको देख्दा म यति कमजोर भए कि हजुरबुवा भनेर चिच्याउन पनि सकिन । तर म रोईन । म तेह्र दिनसम्म रोईन । जब फेरी हजुरबुवाको लागि अन्तीम श्रद्घाञ्जलि कबिता लेखे मेरा आँखामा आँशु टिक्न सकेनन् । अनि म रोएँ । आज हजुरबुबा तपाईको धेरै याद आईरहेको छ ।)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)