~टिका भुषण दाहाल~
एउटा मान्छे आयो
उसले बारी पायो
एउटाले उसलाई मल दियो
अर्कोले पाऩी
तेस्रो आयो रोप्ने बिऊ दियो
चौथो आयो खेती गर्न सिकायो
फलत: त्यो मान्छे मालिक भयो
सघाउने सबैलाई उसले नोकर बनायो l
गाङ्तोक,सिक्किम
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)