गजल : बात लाग्छ अचेल

~रुमानी राई~rumani-rai

बोल्नै हुन्न मैले बात लाग्छ अचेल
अपजस मात्र ताँत लाग्छ अचेल ।

केही पाउन आफैलाई त्यागे पनि
यहाँ शून्यशून्य हात लाग्छ अचेल ।

सुख खोज्दै सात समुंद्र तरि आएँ
जहाँ पनि दु:खै खात लाग्छ अचेल ।

नशा पिउँन भट्टी धाउँनै पर्दैन
तिम्रो बोली सुन्दै मात लाग्छ अचेल ।

वेहोस भइ ढलेको त होइन म
दिन पनि किन रात लाग्छ अचेल ।

[ २० मे २०१४,मलेसिया ]

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.