कविता : अबोध मुस्कान र युद्धका कथा

~युवा अज्ञात~

अनुहारहरुमा सधैं
युद्धकै त्रासदी देख्ने आँखाले
तिम्रो तस्बिरमा केवल निश्चलता देखे
अबोधता र कोमलता देखे
तब मैले आफ्नै बालपन सम्झिएं
कुनैदिन म पनि तिमी जस्तै थिए
मनै देखी हाँस्दथें
दिलै खोलेर मुस्काउथें
हो
मेरा मुस्कानहरुले पनि
हावामा तरङग फिजाउथे
र मेरो अबोध अनुहारले
तिम्रो जस्तै निश्चलता छर्दथे
तर अचेल
मैले हास्न बिर्सिएको छु
मनै देखी मुस्काउन बिर्सिएको छु
म सत्य भन्दै छु
मैले युद्ध त्यगिसकें
र बन्दुकहरु फ्याँकिसकें
यद्यपी
युद्धसंगै हराएका मेरा हासोहरु
अझै फर्किएका छैनन ।

म गलत तेतिबेला पनि थीइन
मैले एकछाक खान नपाएर भौतारिदा
मेरै साथी सङगिहरु
चिल्ला गाडीमा हुइकिएको देखेर
मेरा रगतहरु उम्लिएर समानता खोज्दा
बिद्रोहको झन्डा उठाएर मैले
न्याय खोजें त यसमा मेरो के दोष ?
मेरा सन्तानहरु भोकले चिच्चाइरहदा
समाजलाई परिवर्तनको सपना बाँडेर
हाम्रा गास खोस्दै हिँड्ने
बिक्रित व्वाँसाहरुको बिरोधमा
छाती फुलाएर प्रतिवाद गरेँ त यसमा
मेरो के अपराध ?
भैगो अतितका कुरा नगरुँ
मैले ईतिहास बिर्सिन चाहेँ
र कम्प्युटरको स्क्रिनमा
म तिर हात ठड्याइरहेकी
तिम्रो तस्बिरमा हेरेँ
म फेरी हास्न चाहेँ
र तुरुन्तै मुस्कुराएं
तब मेरा आँखाहरु भित्तामा झुन्ड्याइएका
ठुलो फ्रेम भित्रको ऐनामा परे
जहाँ मेरा हासोहरुले आँफैलाई गिज्याइरहेका देखेँ ।

October 28, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.