~अमर त्यागी~
दसैँ-तिहार
हिन्दूत्वको जुहार
हर्षानन्द अपार
शरद्मौसम
सौन्दर्य सरगम
मृदुल रमझम !
स्वत्व बहार
प्रतिष्ठाको पहार
शारदीय संसार
चैतन्य सूर्य
प्रातलाली माधुर्य
आत्मज्योति प्राचुर्य !
पूणिर्मा रात
प्रकृति मनोरमा
साथमा प्रियतमा
स्नेहिल मात
संवेदना उछाल
हर्षोन्माद उत्ताल !
मनको गरा
चैतन्यको आभास
सिर्जनाको उद्भास
उर्वरा धरा
हराभरा जीवन
षोडषीको यौवन !
सुखको योग
खुसी क्ष्ाणभङ्गुर
मनोभाव डङ्गुर
दुःखको भोग
विषाद असम्भार
औँसीको अन्धार !
मुटु स्वदेश
स्पन्दन राष्ट्रियता
चिन्तन मानवता
(दुई स्वर दुईपटक दोहोर्याएर ५-७-७, ५-७-७ को अक्ष्ार संरचनामा प्राकृतिक विम्बसहित छ लाइनमा रचिने सेदोका प्रसिद्ध जापानी काव्यविधा हो ।)
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क १६९)