~कृष्ण के.सी.~
मेरो जिन्दगी तिमीलाई कहानी हुन्छ
देख्नेआँट गर एकदिन बिहानी हुन्छ
सूर्य अस्ताए पनि कहिल्लै हार खादैन
किनकि प्रभातमा ऊ फेरि जवानी हुन्छ
पर्खाइ हो जीवन केवल पर्खेर हेर
अहंकार जलेर एकदिन खरानी हुन्छ
नपत्याए हृदय छ साक्षी सोधेर हेर
यथार्थ बक्छ किनकि ऊ नादानी हुन्छ
आवेग पखालेर प्रेमको मुस्कान छर
एकदिन यो तिम्रो “कृष्ण” दिवानी हुन्छ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )