~कुमार काफ्ले~
-आम्ने साम्ने दुईवटा घर ठडिएका थिए।
-मध्येरातसम्म दुईटै घरका कोठामा बत्ती बलिरहेका थिए।
-एउटा घरको कोठामा मान्छेको सिर्जना गर्ने कर्म चल्दै थियोे।
-त्यहाँ आनन्दको अलौकिक,अद्भुत क्षण व्यतीत हुदैं थियोे।
-अर्को घरको कोठामा मान्छेका लागि आवश्यक ज्ञान,बुद्धि बढाउन कागजमा कलम दौडिरहेको थियोे।
-त्यहाँ सिर्जनाको प्रसव पीडा चलिरहेको थियोे।
-दुवै कोठामा सिर्जना भइरहेको थियोे फरक यत्ति थियोे कि एउटा कोठामा नवयौवनाहरू थिए, अर्को कोठामा एउटा लेखक!
– ओखलढुंगा।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)