~ईश्वरी जि.सी.~
मुठ्ठी कसी
लाल अभिवादन
प्राण आहुति दिने शहीद,
आकासका
तारा, जुन, सूर्य झैं
अटल बनी
देशभक्ति साहसी योद्धा
कर्तव्यनिष्ठ बनी
लम्की राख
व्यक्तिगत स्वार्थ भूली
विदेशी इशारामा
दौडिने
पौडिने
मनुष्यहरूको
घुम्ने कुर्चीको स्वार्थ
त्याग र तपस्या गरी
छोप तरवार
बोक बन्दुक
क्रान्तिकारी विचारमा
परास्त गर्न
राष्ट्रघातीहरूलाई
देखिरहेका छन्
निष्पक्ष निष्ठावान
आँखाहरू
इतिहास लेखिएको
लाल रगतका पानामा
पल्टाएर हेरांै
कति निस्वार्थी योद्धाहरू
मातृभूमि बनाउन
बाघको पन्जाबाट
मुखबाट
उच्च सतर्कताका साथ
झुक्न नदिई
बैरी सामु ……..
हामी माथि
मडारिरहेको कालो बादल
उडिरहेको
हजारौं माइलबाट
आपसमा कुस्ती खेलाई
छिमेकी मित्रको साइनो जोडी
अनमोल
हाम्रो सम्पदा देखि
उठाउँछन्, जुटाउँछन्
फेरि फुटाउँछन्
होसियारी
प्रत्येक धड्कनमा
प्रत्येक नशाहरूमा
भरियोस्,
मुस्कान भरिने ओठमा
अखन्ड राष्ट्र
अखन्ड राष्ट्र
जस्ताको तस्तै उपहार
हाम्रा सन्तानलाई
हस्तान्तरण गर्न पाइयोस्
यी आँखाले सधै सधै
सिंगो नेपाल देख्न पाइयोस् ।
–अर्घाखाँची
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ४६ – Nov. 2, 2011 – २०६८ कर्तिक १६ गते, बुधबार)