गजल : बल्यो र रोयो

~सुनील पुरी~

मैनबत्ती बल्यो र रोयो
मनको घर जल्यो र रोयो ।

घामले छेक्यो यो धर्तीलाई
यो जिन्दगी गल्यो र रोयो ।

मान्छे अभावको पीडाले
संघर्षमा ढल्यो र रोयो ।

बन्दुकले गायो अशान्ति
नेपालीलाई छल्यो र रोयो ।

को नै बाँचेको छ ए ‘सुनील’
काल चाहिँ फल्यो र रोयो ।

(स्रोत : हिमाल खबर)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.