~बिस्नु प्रवा सापकोटा~
छोरो कुलतमा फस्छ कि, चिन्ता छ आमालाई
हिडदा भिरबाट खस्छ कि, चिन्ता छ आमालाई
काखी च्यापी बैगुनिलाई, हसाउदै बैरि सारा
आफ्नै मान्छेलाई डस्छ कि, चिन्ता छ आमालाई
बैसको उन्मादमा कतै, नाक काटी बा आमाको
कोही अङ्गालोमा कस्छ कि, चिन्ता छ आमालाई
साथी भाइ भेटघाटमा, रमाइलो गर्न भनी
साँझ भाट्टीतिर पस्छ कि, चिन्ता छ आमालाई
भुली देशको सपना यो, आँफै हिंडने बाटो भुली
उता बिदेसतिरै बस्छ कि, चिन्ता छ आमालाई ।।
बिस्नु प्रवा सापकोटा
दमेक~१, कुश्मीसेरा, बाग्लुङ
२०६८ असार २८ गते
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)