~शशीकला थापा सुब्बा~
आशिसको टिको थापेर भन्थेऊ परदेशमै कमाउने
धेरै दिन बित्यो कहाँ पुगेऊ बरा खबरै नआउने
भुल्दिन भन्थेउ जहाँ गएपनी आमाको माया यो
लेकको कुहिरो बेशीको घाम बर,पिपल छाया यो
गूड् छाडि उड्ने पंक्षि झै गएऊ फर्केर आइदेउन
करेसा बारी कोदली खन्दै सुसेली गाइदेउन
त्यो पापी काग कराउन थाल्यो सुकेको बरैमा
डाँडाको जून जस्ती यो आमा एक्लै छु घरैमा
बैरीको हात नपरेस नानी बस्याछु पर्खेर
आमा र माटो नभुलेस कहिलै आउनु है फर्केर
हाल : लण्डन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)