~अरुणबहादुर खत्री “नदी”~
मलाई जन्माउने
मेरी पुजनीय आमा
आज त मुसुमुसु हाँसिन्
लागेछ होला जीवनले
मृत्युको छेकारो काट्यो ।
जीर्ण शरीर मेरी आमाको
तागतिलो भएर आँखाको
नानीमा झिल्मिलायो ।
मेरी आमाको हाँसो देखेर
आज मेरो मन
हिउँ बनेर पग्लियो ।
मेरी पुजनीय आमा
आज खुसीको खबर पाएर
मुसुक्क हाँसिन् ।
मैले जन्माएको छोरो
आफ्नो देशको लागि
शहीद बन्न तयार भएर ।
उनको हाँसो देखेर
सिमलको भुवा बनी
उड्यो मेरो मन
आफ्नो जन्मथलो छाडेर
टाढा गएको छोरोको सम्झनाले
नसकी सहन पीरव्यथा
जीवन झरीमा निथु्रक्क रुझेकी
आज मेरी आमाको मुहार
साह्रै नै सुन्दर र हँसिलो छ ।
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)