कविता : झमेलामा बुढो सहर

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

मैले आफ्नै गन्ती गर्न भुलेछु
आफ्नै शहरमा ।
त्यसैलेत अतिशय सुन्दरता
देखी टाढिएको छु ।
एक्लै निस्कन्छु
जुरेथुवा बाट कफी पिएर ।
समय परिर्बतन भएको
मेरो काठे शहरमा ।
म ब्यस्त हुन,

एउटा कोलाज कोर्छु ।
संबेगररफ्ताररभिडभाडको शहरमा
अबकास थापेको बुढो बस्ती
मेरो प्रभाब सुन्य हातहरुमा
एउटा आशा खोज्छ
भरोसा थाप्ने सुराई माग्छ ।
मैले रच्ने बृत्तचित्रमा
आफ्नो एउटा स्थान माग्छ ।
म आउने जाने
टाउकाहरुको गन्ती गर्छु ।
दोबाटोरचौबाटो को हतासलाई
उकेरेर शब्द कोर्छु ।
आकुलतारब्यग्रतारशिथिलता
सबै अनुकरण गर्ने मेरो शहर
मलाई हुलमुलमा दौडाएर
समलिङ्गी आत्मीएता गाँस्न खोज्छ ।
मेरो शहर मै माथी सुस्ताएर
मलाई उदास हुन भन्छ ।
एउटा अनुरोध मेरो कलमको
मैले लेख्ने पटकथामा
फरक रोगन थप्न चाहान्छ ।
उन्नतीरबिकास र अबसरको
एउटा अक्षर बुन्न चाहान्छ ।
बिडम्बना
मेरो काठे शहर
लाबारीसे कुकुर र सुङ्गुरहरुको
साझा बिर्ता बनेको छ ।
जहाँ मैले रच्ने कोरसहरु
तिनीहरुलाई चिड्याउने
स्वर भएको छ ।
मेरो शहरको प्रेमील आँखा
चानाखा हातहरुले लुछेपछी
म्याराथुनको अबिजेता मेरो शहर
बेश्यालय धाउन थालेको छ ।
मलाई डर छरमेरो बृद्ध शहर
ढसमस्स कतै नढलोस् ।
जहाँ,
असामाजिक रहस्य लेख्ने आत्मलेखकहरु
यो शहरको कथा दाबी नगरुन् ।
तर,
मेरो लागी मेरो शहर
प्रसिद्धीको आँखीझ्याल हो ।
जहाँ
मेरो ह्ृदयले नकुल्चेका खेतहरु छन् ।
जहाँ
मेरो आँखाले नदेख्ने ब्यथाहरु छन् ।
म माफी चाहान्छुरमेरो बुढो शहर
मैले आफ्नै गन्ती छुटाएछु
आफ्नै शहरमा ।
सम्भबत झलेलाको बसाईमा
एउटा शहर सकीएको छ ।
सम्भबत,
अलमलको रहरमा
एउटा जिबन सकिएको छ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.