छोक : मेरो ठाऊँलाई बिशेषण

~अनिल नेम्बाङ~

सुन न!
लुकिछिपि भाँडाकुटि खेल्दै थिए
लोक कथाका सुकिला राजकुमार राजकुमारी
हाम्रै घरको घुर्यानमा
हिजो रातिको सपनामा

किन टाढिन खोज्छौ केहि दिन सकेन भनेर
दिव्य आँखाले हेर त
दिएको छु तिमीलाई नि
अलौकिकहरु पनि सपनामा मात्र पुग्न पाउने
मेरा पुर्खाहरुको राजकीय ठाउँ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.