~पद्मावती सिंह~
हिमाल हाँसेर के भो मन रोएकै छ
आकाश घमाइलो भएर के भो मन अँध्यारै छ
ओढी पीरको छाता कतिञ्जेल हिँडू म
रुझी व्यथाको वर्षाबाट कतिञ्जेल हाँसू म
समय बगिरह्यो परेलीको ओठबाट
आस्थाहरु सारा मनको भत्काइकन
बोकी बेदनाको भारी कतिञ्जेल जिऊँ म
शून्यताको लश्करमा आफू सामेल भइकन
अँध्यारो चिहाइरह्यो यो मनको डीलबाट
मनको उज्यालो जति सबै छोपिकन