~निश्चल काउचा~
समय आफ्नै गतिमा दौडिरहेछ
सेकेण्ड, मिनेट , घण्टा गर्दै
पात्रोका पानाहरु पल्टाउदै
दिन , महिना , वर्ष बितेको गनिरहेछु
म भ्रममा बाचिरहेछु
आफ्नै आयु घर्कीरहेको
हिसाब गर्न भुलिरहेछु
समय परिबर्तनशिल छ
समयले कसैलाई पर्खदैन
समयको गतिसंग म हिडन सक्दिन
म आफैलाई ! धिक्कार्छु
थुईक्क ! मेरो जिन्दगी
म आफ्नै ईमानको क्रुर हत्या गर्छु
आफ्नै स्वाभिमान बेच्छु
झुटको खेती गर्छु
घमण्डको पहाड उक्लिन खोज्छु
समय भन्छ !
थुईक्क ! त भ्रममा बाचिरहेछस
बेलैमा तुजुक गर
तेरो धुलिसात हुनेछ
ईतिहासले तेरो धब्जि उड़ाउने छ
भावी पुस्ताले धिक्कार्ने छन्
पाप, धर्मको त अलिकति ख्याल गर
अह,
मलाई कुनै पश्चात्ताप छैन
न त आत्मग्लानी नै
म समयलाई उल्टै भन्छु !
के को पाप, धर्मको कुरा
जसले गर्छ पाप
उसकै हुन्छ फलिफाप
तर ……
मलाई थाहा थिएन
समयले चेतना छर्छ भनेर
ध्रुर्वसत्य !
समय बलवान रहेछ
समय खोला हुनु पर्छ
समय बाटो हुनु पर्छ
जो खोलासंगै बग्यो
जो बाटोसंगै हिड्यो
सायद
उसैले भेट्टायो सगर
उसैले चुम्यो मोति
-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)