~केडी रेम्नीसीङ~
दिनभरी हिँडेपछि साँझमा बल्ल पुगिन् उरुको घर, भाईबहिनीहरु सोलारको उज्यालोमा घरभित्रै खेलिरहेका देखिए । पेमाले बाहिरैबाट बोलाएँ, ‘उरु’
कोही बोलेनन् ।
दुईजना बच्चा भने ढोकामा निस्किए, पेमाले सोधे, ‘ऊरु खै त?’
उनीहरुले आमा माथिल्लो घरतिर भनेर जानकारी दिए । भित्र पसेर बस्दा नबस्दै ऊरु पनि आइपुगे । उनी भने ऊरुको घरको सजावट देखेर छक्क पर्दै थिइन्, तामाको भाँडादेखि लिएर चिनियाँ माटोका भाँडा अनि चाँदीका सम्म भाँडाहरु यति राम्रोसँग सझाइएका थिए । हुन त जाति नै यस्तो खालको जाति हो, जति कुना ठाउँमा बसेपनि घर आँगन सझाएर राख्ने जाति । तर अचम्म किन पनि लाग्यो भने पाँच वर्ष अगाडि यो घरमा आउँदा यस्तो विधि सामाग्री देखिएको थिइनन् उनले । ऊरुको प्रगति देखेर मन खुशी नै भयो ।
ऊरुले पेमालाई बोलाइन् ‘ए, पेमा आइपुग्यो? अघि नै भाउजुले फोन गरेर भनीसक्नुभयो तिमी आउदैछौ भनेर, घरतिर सबैलाई सञ्चै छ?’
‘ठिकै छ उतातिर’
‘एस.एल.सी. पनि पास गरेछौ, के पढ्न पो हिँडेको रे तिमी?’
‘मिल्यो भने ऊरु, स्टाफ नर्स पढ्ने भनेर हो । अनि फुफा खै त कता हुनुहुन्छ?’
‘उहाँ त जर्मनीमा हुनुहुन्छ नि, तीन महिना भएपछि आउनुहुन्छ । उता अर्को
श्रीमतीसँग हो नि ।’
‘अर्की !’ नचाहँदा नचाहँदै पनि मुखबाट आश्चर्य निस्कियो । तर यो कुरालाई ऊरुले सामान्य रुपमा लिनुभयो । भन्नुभयो, ‘कुइरेसँग विहा भाको तीन वर्षजति भयो । ट्रेकिङमा जाँदा भेट्नुभएको हो । त्यसपछि त हामीलाई पनि आनन्द छ त । अव अर्को सालतिर त काठमाण्डौमा घर किनेर उतै बसे सोँचमा छौँ, सब परिवार नै ।’ आप्mनो श्रीमानले अर्को विहे गरेको देखेर खुशी हुने यो मान्छे मुर्ख हो कि मेरो चाँही दिमाग विग्रियो । सायद किराति वस्तीमा बसेर दिमाग पनि बाक्लै भएछ क्यारे ।
यस्तै यस्तै सोच्ँदै थिई, ऊरु आपैmँ बोल्न लागे, ‘अव सात वर्ष बाँकी छ ।’ के बाँकी हो बुझिनन्, तर कुरा बुझ्दै जाँदा दश वर्षको लागि विहे गरेका रे । कुइरेनि करिव चालिस वर्षकी छिन् रे हाल, अनि फुफा भर्खर तीस पुगेका रे । ऊरुको उमेर त्यस्तै सत्ताइस अट्ठाइस होला । तीन वर्षदेखि उनीहरुको मध्य जवानीमा सँगै नबसेर दश वर्षको लागि आप्mनो श्रीमान् अर्कैलाई दिएको कुरा गर्दा पनि यति खुशीसाथ गर्नेलाई मुर्ख भन्न मन मानेन । सोची, सायद मेरो दिमाग विग्रेको होला । गाउँमा प्रावि पढेर मावि पढ्न तल्लो गाउँतिर झरियो ।
किरातिहरुको संगत भयो । उनीहरुको खुल्लापनमा रमाउन सिकियो । साह्रै खुलापन भएको समाज थियो, तर श्रीमानले अर्को विहे गर्ने त सोँच नै देखिनँ । हुन पनि किरातिनीहरु यति छुच्चा थिए कि केटाहरु त कक्षामै पनि छात्रा पिडित थिए ।
फुफा वर्षको एकपटक युरोप पुग्ने, कहिले ट्रेकिङ जाने हुँदा घरमा खासै बस्न नपाउने रे । कुइरेनि पनि वर्ष वर्षमा यतै पनि आउँछ रे । अर्को अचम्मको कुरा त कुइरेनि आउँदा फुफा र कुइरेनि एउटा कोठामा बस्छन् रे ऊरुहरु अर्कै तिर । उनी त सुनेको सुनेकै हो कि हेरेको हे¥यै भइन् । कथाजस्तो कथा सुनेर अचम्ममा परी । ऊरुको पाहुनालाई गर्ने सम्पूर्ण मेसमानी पुगेको थियो आज पेमालाई । एकछिनमा त फुफाको अर्की श्रीमति भएको भन्दा पनि लवाईखुवाई देखेर लोभिन थालिन् । सोचिन्, वाध्यता नै त होनि आखिर, यस्तो कुनामा हिमालको काखमा केही नफल्ने ठाउँमा कसरी मान्छे हुने र? खासमा पेमा पनि सानो तिनो स्पोन्सरको आशमा त स्टाफ नर्स पढ्न भनेर हिड्या हो त । घरबाट त त्यही हो नि आलु मात्र बेचेर त कति पो कमाइन्छ र पढ्नु लाखौँ खर्चेर?
बिहानै हिडिन् पेमा काठमाण्डौ प्लेन पाउने ठाउँसम्म आज अनि भोली त काठमाण्डौ । बाटाभरी पनि ऊरु र फुफाको कुरा सम्झिन् पटक पटक, कसरी पो हौ थाहा हुँदाहुँदै त लोग्ने साझा बनाएर बाँच्न सकिन्छ र? काठमाण्डौ एयरपोर्टमा पूmर्वाले कुरीराखेको रहेछ । बाहिरिने गेटनिरैबाट ‘पेमा’ भन्ने आवाज आएपछि उनलाई सजिलो भो, काठमाण्डौ पहिलो पटक आएपनि त्यस्तो गाह्रो परेन । सानो गाडीमा चढे उनीहरु जसलाई शहरमा ट्याक्सी भनिने रहेछ । बाटामा आराम विरामका कुरा भए, सम्झनाका कुरा भए । कुरै
कुरामा फुर्वाले पेमाको लागि केही विदेशी साथिहरुसँग कुरा गरिराखेको र त्यसमध्ये एउटाले रामै्र रेस्पोन्स गरिराखेको कुरा वतायो ।
‘सबै डिटेल र तिम्रो फोटो माग्या छ’ फुर्वाले भन्यो ।
‘साइनो के पर्छ भन्या छौ?’ प्रश्नको जवाफमा फुर्वाले ‘गाउँले साथि हो, म उनलाई मन पनि पराउँछु भनेको छु’ भनेको छु भन्यो । पेमालाई अनर्थ लाग्यो मन पराको कुरा गरेकोमा, तर दुई तीन वर्ष निरन्तर विदेशीहरुसँग ट्रेकिङ हिडिसकेको फुर्वाले विदेशीका लागि लव, सेक्स जस्ता विषय सामान्य हुन् भन्ने सम्झाए । हिमालको चिमालसँगै फुलेकी पेमा पहाडकोे गुराँसजस्तै रातो भई ।
उनीहरुले पेमाको लागि सँगै कोठा खोजे, कलेज खोजे, दुई ठाउँमा इन्ट्रान्स दिइन्, नाम निकालिन् । उनीहरुले कलेज फी, कलेज, कोर्ष लगायत सँगै पेमाको निर्दोष फोटो पनि इमेल गरिदिए कोही जर्ज नामको अमेरिकनलाई । पेमालाई फुर्वाको सहयोग भुल्नै गाह्रो थियो, अव त फुर्वाको सहयोग मात्र होइन फुर्वालाई भूल्न पनि गाह्रो हुँदै गयो ।
केही दिनमै जर्जको रेस्पोन्स आयो, अहिलेलाई फुर्वाकै नाममा एड्मिसन फी पठाएको र पेमा राम्री भएको र तीन वर्षको लागि स्पोन्सर गर्ने तर दुई शर्तमा, एउटा पेमाको नाममा बैंक खाता खोल्ने र दोस्रो पेमाको विदा भएको वखत जर्ज साथिहरुसँग नेपाल आउने पेमा उसँग ट्रेकिङ जाने । पहिलो त उपयुक्त शर्त थियो दोस्रो पनि पेमाका लागि खास ठूलो कुरा रहेन । जात नै टे«किङ भनेसि हुरुक्क हुने जात हो, चाहे केटा होस् या केटी ।
निरन्तर इमेल, कहिलेकाँही च्याट यस्तैमा पेमा, फुर्वा र जर्जको भेटघाट हुन थाल्यो । बैंक खाता खोल्ने बेला पेमाको नाममा फुर्वाले दुई छुट्टै बैंक खाता खोलिदिए, जसमा एउटामा जर्जको र अर्कोमा फुर्वाको कमाईबाट पैसा आउने व्यवस्था भयो । पेमा अव फुर्वाको मायामा हो कि छायाँमा हो के मा अल्झिन थालिसकेकी थिई । हरेक विदाका दिन फुर्वासँग विताउनलाई साचेकी थिइन् तर फुर्वा बढीजसो विदाका दिनलाई पढ, आराम गर, सँगै बस्ने दिन त कुनै दिन आइहाल्छ, जीवनभर सँगै बसौँला भनेर टारिदिन्थ्यो । उनी फुर्वालाई तर्साउथिन् तर आफैं बढी तर्सिन्थि, जीवन सँगै विताउने वेलामा पनि यस्तै भनी टा¥यो भने भनेर ।
फुर्वा सम्झाउथ्यो, ‘हाम्रो जातमा आफ्नो मान्छेलाई धोका दिने चलन छैन, दिनले भेटेपछि जस्तोसुकै अवस्थामा पनि वचन पुरा गरिन्छ ।’
समयको फिताले दिनलाई महिना, महिनालाई वर्ष नाप्दै गएपछि पेमा पनि समयसँगै परिपक्व हुँदै गई । यो कुरा पनि एकदिन जर्जको इमेलको जवाफ दिँदा वोध भयो । कति वर्ष भयौ? को उत्तरमा ‘उन्नाइस’ भन्नुपरेको थियो । जर्जले पेमालाई सोध्यो उनको विदाको बारेमा, करिव ६ महिनापछि १५ दिनसम्मको विदा पाउने कुराको जवाफमा सोही समयमा नेपाल आउने र १०÷१२ दिनलाई ट्रेकिङ जानुपर्ने जानकारी आयो । यो प्रश्नभन्दा ज्यादा जानकारी थियो । हुन्न भन्ने जवाफ दिनलाई आजसम्मको सहयोगले पनि छेकेको थियो । तैपनि हवस् भनेर रिप्लाई गर्नु अघि फुर्वाको अनुमति लिएर मात्र जानकारी दिन चाहिन् । एक शनिबारको दुर्लभ भेटमा पेमाले डराउदै फुर्वासँग कुरा राखिन् । उनको सोँच विपरित फुर्वाले सहजतासाथ उनको कुराको समर्थन गरे । र भने, ‘हेर, जर्जले भनेको मात्र मानिहेर तिम्रो र मेरो जीवन स्वर्ग हुनेछ । त्यो केही वर्षसम्मलाई हो हाम्रो साथमा रहने त्यसपछि तिम्रो साथमा म र मेरो साथमा तिमी मात्र हुनेछौं ।’ पेमालाई आज फुर्वाको साथ छोड्न मन नै भएन ।
पेमाको फुर्वाप्रतिको मन बाहेक करिव सबै कुरा परिवर्तन भएको थियो । शहरले उनलाई छोको हो कि उनले शहरलाई छोको हो । शहरी वातावरणमा घुलमील हुँदै जाँदा वोलीचाली देखि लवाई खुवाई सम्ममा काठमाण्डौपन आभाष भैसकेको नै थियो । फेरी खर्चको सहलताले पनि स्मेल ओभर गोल्ड नै भएको थियो उनको भौतिक जीवनमा । पेमाको सोँचमा पनि आधुनिकपना आएको हुनाले निश्चिन्त भएर आजको दिनमात्र होइन रात पनि सँगै काट्ने आकांक्षा प्रकट गरिन् । तर फुर्वाले उनको प्रस्ताव सहर्ष अस्वीकार गरे । छुटिएर जानु नचाहनाको कार्य भयो आज पेमाको लागि ।
जर्ज नेपाल त आए तर एक्लै आए । साथिहरुसँग आउन उनीहरुको समय नमिलेको र आफ्नो पहिलेकै तय गरिसकिएको हुनाले आएको प्रष्टिकरण दिए । पेमासँग जोमसोम र पोखरा घुमेपछि पश्चिम नेपालको भुलभुले भन्ने ठाउँमा रहेको आफ्नो प्रोजेक्टको काममा जाने योजना वतायो । जोमसोम देखि पोखराको यात्रा अव पेमा र जर्ज दुईमात्र जाने भए । फुर्वाको खै कुन्नी समय मिलेन या के मिलेन । काठमाण्डौ देखि जोमसोमको टिकट लिएर उडेका उनीहरु कालीगण्डकी तर्दै कागवेनी हुँदै मुक्तिनाथ पुगे । मुक्तिनाथमा एकदिनको सयर तय भयो ।
१०८ धारामा पानी थापेर खै कुन्नी के के मागे । निरन्तर बलिरहने ज्वाला हेरेर आत्मामा कुन विश्वासको पैदा भयो । फर्किदाँ एक झोला आशिष कुम्लो हालेर जोमसोम नै फर्किए । यो विचमा उनीहरुको सामिप्यता बाक्लिएको थियो । जर्जको बारेमा उनले र पेमाको बारेमा जर्जले थुप्रै कुरा जाने । जर्ज केही वर्ष यता डिभोर्स गरेर एक्लै बसिरहेको मात्र उनले थाहा पाइनन् कि यसरी छुट्टीनु, बिचमा कोहीसँग मिल्नु जस्ता कुरा पश्चिमा समाजमा सामान्य रहेको कुरा पनि पेमाले फेरी थाहा पाइन् । फुफाको घर बसेकै दिन केही त थाहा पपाइसकेकी थिइन् नै । पेमा पनि अलि फ्य्राङ्क भइसकेको र विदेशीहरु सँग पुख्र्यौली रुपमै केही तारतम्य मिलेको जस्तो हुनाले उनीहरु धेरै खुला रुपमा गफ गर्न थालिसकेका थिए । लभ र सेक्सको बारेमा पनि खुलेर गफ गर्ने विदेशीको यो चालाले चाँही उनी अलि अप्ठ्यारोमा पर्थिन् साथै कहिलेकाँही त सिरिंग पनि हुन्थिन् । अरु वेला विदेशीहरु वटुलेर नेपाल घुमाउन लाने, साना तिना समाजसेवाका प्रोजेक्ट चलाउने उसको खास काम भएको पनि बुझे पेमाले ।
मार्फा, वेनी हुँदै गाडी पोखरातिर सोझियो । पोखराको लागि छुट्याइएको एक हप्ता बाँकी नै थियो उनीहरु सामु, घुम्नु नै थियो ।
पोखरा बसाईको पहिलो दिन, लेकसाइड घुम्ने उनीहरुको आइटनरीमा थियो । दिनभर जसो तालवाराही तिर घुमेपछि वेलुकी पख अगाडी नै रिजर्भ गरिसकिएको होटल बाराही आए उनीहरु । दुवैले नुहाई धुवाई सकेर वेलुका छिटै रुमतिर गए दुवैजना । जर्जको प्रस्ताव थियो, ‘आज म तिमीलाई एउटा सपना दिनेछु, जो पुरा हुनेछन् केवल सपना मात्र हुनेछैन ।’
जर्ज र पेमा जर्जको रुममा पुगिसकेको थिए । जर्जले एउटा चुइगम चपाउन दियो र उसले पनि लिए, त्यो नेपालमा पेमाले नदेखेको, नचाखेको चुइगम थियो । सपनाको सुरुवात भयो, ‘भन काठमाण्डौमा बस्न तिमीलाई के के सुविधा चाहिन्छ? वा कतै अन्तै बस्न चाहन्छौ ?’ जर्जले पेमाको आँखामा हेरेर अलि छेउमा सरे ।
‘अमेरिका, इफ पोसिवल वीथ फुर्वा’ शब्दसँगै पेमाको मुहार पुरानो गुराँसे मुहारमा फर्कियो ।
‘भेरी हार्ड फर पर्मानेन्ट, पसिवल अनली फर सम् टाइम एलोन अर वीथ मि’ अमेरिका होइन नेपालमै उनलाई सुखमा राख्ने प्रस्ताव त्यति ननिको लागेन पेमालाई । एउटा स्कुटर र राम्रो लवाई खुवाई त प्रत्येक छात्राको पहिलो रोजाई हुन सक्छ काठमाण्डौमा, जसरी पेमाको थियो ।
‘तिमीलाई यस्तो खालको यति यति लुगाहरु किन्दिन्छु जब म काठमाण्डौ फर्किन्छु ।’ जर्ज पेमाको शरिरमा लुगाको नाप लिँदै थिए । पेमालाई काउकुती लाग्यो हाँसे खितिति ।
‘नहाँस, आज सपना देख्ने दिन हो । यी हातहरुले तिमी यसरी स्कुटर गुडाउने छौ र रोक्ने छौ, झ्याप्प ।’
‘तिमी अव तिम्रो कोर्स सक्दैछौ । मेरै प्रयासमा खोलिएको त्यो अस्पतालमा काम गर्नलाई नै पढाको हो । तिम्रो तवल राम्रो हुनेछ । अमेरिका भन्दा बढी पैमा कमाउनेछौ, अनि……’ आज जर्जको हातलाई पेमाले रोक्न सकिराखेकी छैनन्, किनकी आज सपना देख्ने दिन हो ।
‘अनि के…?’ ‘केही वर्षमा घर हुनेछ तिम्रो आफ्नै, अनि हुनेछ स्वीमीङ पुल तिम्रै घर अगाडी । त्यो घर बनाउनलाई आधा पैसा म दिनेछु । अनि तिमी स्वीमीङ गर्न निस्कनेछौ यस्तै डे«समा, खै खै ।’ पेमा झल्यास्सै भए, ‘ओ, नो जर्ज’ तर हात साह्रै लुलो
थियो उनको ।
‘दिस इज नथिङ, केही हुने छैन । यो सपनाको आधा भाग मात्र हो ।’ अव पेमा साँचै सपनामा हराउन थाली । फुर्वाको भनाईहरु मनन गरिन् । सपना देख्न थालिन् राम्रा लुगाको, लुगा फेरिराखेको, स्कुटरको र स्कुटर चलाएराखेको अनि स्कुटरको अनियन्त्रित गतिको । सपना देख्न थालिन्, काठमाण्डौमा घरको, घरलाई थिचिराखेको छतको । अनि सपना देख्न थालिन् घरको आँगनमा उनको स्वीमीङ पुल र पुलमा पौडिरहेको जर्जको ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )