~भूधरा उपाध्याय~
– स-साना भाइबहिनी ठूल्ठूलो स्वरले कक्षामा सश्वर बाचन गर्दै थिए – ‘हम हिन्दूस्तानी हें। हमरा देशमे गौतम बुद्धने जन्म लिया हें। हमरा देश माहान हें ……।’
– म शिक्षिका लौरोले बेञ्चमा ठटाउँदै चियाएँ – ‘हाम्रो देश नेपाल हो। गौतम बुद्ध नेपालमा जन्मिएका हुन्।’
– छातीबाट निस्किन लागेको ढुकढुकीलाई दुवै हातले दबाएँ र लामो लामो सास फेरेँ।
– धन्य प्रभू ! सपना पो रहेछ।