कविता : औसत माया र जिबन

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

अनुप्रास नमिलेको
जिन्दगी बाँच्दै छु ।
कहिले काँहि पोखिन्छु
सफेद पनामा ।
यादहरुको चपरा पल्टाएर,
एक त्यान्द्रो खुसि खोज्दैछु ।
बिश्वास छैन?
म त,
बन्द जिबन भित्र दास भएको छु ।

कति समेट्नु भयहरु
टुक्रीएर छरिएको छ ।
आफ्नो उद्गम खोज्दा
प्रबाहमा समेटिन्छु ।
तर,
छन्द नमिलेको जिबनमा
खेस्राहरु कोर्दैछु ।
रचनाहरु पोख्दैछु ।
खै त भरोसा?
आखिर समयको धारा संग
बाध्य भएर अलंकृत हुँदैछु ।
बिश्वास छैन?
हेरि हेर
म त,
रित्तो कागजमा बगि रहेछु ।

नापिरहेछु जिबन पाईतालाले ।
डोबहरु बिलाएर जान्न कतै
मैले मात्र,
सपना देख्ने हो र?
दिवास्वप्न शहरमा फैलिएको छ ।
लतपतिएको क्यानभासमा
एउटा रङग खोज्न थाल्छु ।
जहाँ जिबन र दर्शन होस् ।
जहाँ आहात र पिडा होस् ।
तर,
जिबन छैन
फर्किएर जिबन पल्टाउने गर्छु ।
बिश्वास छैन?
खोजि हेर
औशत जिबन बाँच्दैछु ।

म भब्यता खोज्न थाल्छु ।
मैले छोडेको छाँयाहरुमा
म साम्भ्रंन्त अभिलाषा खोज्न थाल्छु ।
मैले गरेको मायाहरुमा ।
तर,
म कति स्वार्थि रहेछु ।
रचनाहरु दुरुस्त सारिदीन्छु ।
एउटा समय बाट अर्को समयमा
भैगो आज लेख्न देउ ।
मैले गरेको औशत माया ।
भैगो आज बाँच्न देउ
बाँच्दै आएको औशत जिबन ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.