~हुसैन खाँ~
सधैँ बन्छ शिक्षा सुधा जिन्दगीको
सफा स्वच्छ संसार हो जिन्दगीको
यही ज्ञान भण्डार हो जिन्दगीको
कलाकारकै हो कला जिन्दगीको ।।१।।
न चोरी हुने हो न लाग्ने छ अंश
कि ज्ञानै बढेमा सुधर्ने छ वंश
सबै रत्नमा हो यही मुख्य रत्न
र पाइन्छ पक्कै गरेमा प्रयत्न ।।२।।
शशी–सूर्यझैँ दिन्छ यो दिव्यज्योति
उँभो लाग्छ संसारको सृष्टि बोकी
जहाँ छैन शिक्षा त्यहीँ नै विकास
जहाँ छैन यो हुन्न कैल्यै विकास ।।३।।
विभेदै हटाऊँ र दायित्व ठान
न छोरा न छोरी दुवै हुन् समान
यही देशका हुन् सबै कर्णधार
सबैमा बजोस् नित्य शिक्षा–सितार ।।४।।
यही ज्ञान भण्डारको सातसिन्धु
सबै पूर्णताको यही मुख्य बिन्दु
सबै रङ्ग छर्ने यही घामपानी
यही जिन्दगीको सुनौलो बिहानी ।।५।।
जहाँ हुन्छ शिक्षा त्यहीँ ज्ञानधारा
त्यहीँ जन्म लिन्छन् सुगन्धी विचार
सबै ज्ञान–विज्ञानको मूलधारा
यही मानवी जिन्दगीको किनार ।।६।।
गणेशमार्ग, नारायणगढ, चितवन ।
हूसैन खाँ
गणेशमार्ग नारायणगढ चितवन ।
चितवन महोत्सव स्मारिका– ७, २०६५ बाट साभार ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान – पल्लव डट कम )