कविता : सरकार मलाई नुन दिनुस्

~निश्चल काउचा~Nischal Kaucha

सरकारको महल पनि मुगुतिरै हुदो हो त
नुनै घुस खान्थे होला
छोरीको बिहेमा नुनै दाईजो दिन्थे होला
छोराको बिहेमा नुनै दाईजो माग्थे होला
सरकारको महलतिर
तीस रुपैयामा एक किलो नुन पाईन्छ रे
सरकारलाई मुगुमा एक किलो नुनको भाउ थाहा छ ?

सरकारलाई नुनको भाउ हेक्का के हुनु
सुनको भाउ मात्र हेक्का होला
सरकार म
एक किलो नुन किन्न
झोलामा हप्ता दिनलाई पुग्ने सातु बोकेर
सप्तकोशीको धारमा ज्यान राखेर
सिमापारी पुग्छु र
एक किलो नुन बोकेर घर आईपुग्दा
सरकार एक किलो नुनको भाउ दश हजार पुग्छ

सरकार म पनि तिम्रै राज्यको नागरिक हैन र
होईन भने हो होईनस भनिदेउ
सरकार म तिम्रै राज्य नागरिक हुँ भने
सरकार मलाई नुन दिनुस्

सरकार मैले सुन माग्या होईन
नुन माग्या हो
सरकार मलाई नुन दिनुस्

-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.