गजल : हर्ष देख्दिन म

~अतित मुखिया~Atit Mukhiya

चारैतिर बिस्मात मात्रै हर्ष देख्दिन म
उमंग बोकी भित्रिएको वर्ष देख्दिन म

विदेशतिरै पलायन छन् पौरखी हत्केला
उन्नति र प्रगतिलाई सधैं देख्दिन म

कुहुदो छ स्वाभिमान गिर्दो सिपकिर्खी म
स्वार्थ मात्रै देख्छु सबमा आदर्श देख्दिन म

टुट्न मात्रै जान्यौ केवल फुट्न मात्रै जान्यौ
आफन्तमै सत्भावको विमर्श देख्दिन म

वर्ष बित्यो दशक बित्यो शताब्दी बित्ने हो कि
मानिसमा आफ्नै मनको स्पर्श देख्दिन म

निहित स्वार्थ अमल सबमा त्याग कतै छैन
जन्मभूमिप्रति कुनै उत्कर्ष देख्दिन म ।

अतित मुखिया
काठमाडौं

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.