गीति कविता : माया

~सोम खनाल~som-khanal

खरानी भयेरै जाउन मनका तुच्छ तिर्सना
स्वार्थ बिलायेर जओस हराउन पाप र घ्रिणा
माया फैलियेर हुर्क्योस झाङियोस छाहारी बनी
बनोस् आदर्स चौतारी त्यै स्वच्छ छाहारी मुनी ।

श्रीजना श्रोत हो माया सास्वत जीवन सार हो
प्रेरणा दीप हो माया उन्नतीको आधार हो
सुख्खा खडेरीमा माया चीसो भुल्भुले मूल हो
मन उध्यानको माया पबित्रोत्तमा फूल हो ।

चम्कदै लम्कदै माया पुगे उच्च आकासमा
फैलिये मायाका रस्मी जताततै प्रकासमा
दम्भ घमन्डको बादल गर्ल्याम्गुर्लुम्म गिर्ने थ्यो
मान्छेको मनमा शान्ति नफिर्ने गरि फिर्ने थ्यो ।

शान्तिको साथि हो माया दम्भको परचक्री हो
सदा सहिश्णु यो माया ओजस्विजन्य शक्ति हो
चेतना हृदय भित्र माया ले नै पलाउछ
दुस्ट कठोरको चित्त मायाले नै गलाउछ ।

चाहिन्न स्वप्नको स्वर्ग माया नै परिपुर्ण छ
परमेश्वर को हृदय माया ले भरिपुर्ण छ
नराखी रिस र द्वेस डाहा आरिसे लक्ष्यण
सदासयी भए मात्र पायिन्छ स्वर्ग तक्ष्यण ।

माया समस्त स्वर्ग को सुनौलो स्वर्ण सिन्धु हो
मन मंदिरको चोखो चम्किलो चन्द्रबिन्दु हो
माया अजम्बरी जो छ मर्दैन कहिले पनि
मायाले भेदभाब चै गर्दैन कहिले पनि ।

– December 25, 2010

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.