कथा : फक्रिएन गुलाब

~सन्तोष खतिवडा~Santosh Khatiwada

गोडा फाट् सतर्क म्याथ टिचरले पिटी खेलाउनु हुन्थ्यो । १० मिनेटको पिटी खेलपछि राष्ट्रिय गान गाएर सबै जना आफ्नो आफ्नो क्लासमा छिर्ने गर्दथ्यौं । म कक्षा ८ मा पढ्थेँ अनि उनी कक्षा ७ मा पढ्थिन । हाम्रो उचाइअनुसार सानाहरू अगाडि उभिन्थे अनि ठूलाहरू पछाडि । उनी सानी थिइन् मसंगैको लाइनमा तर अगाडि हुन्थिन् । राता रिवनले दुइ वटा मसिना, सुन्दर चुल्ठा टाउकोमा बनाएकी हुन्थिन्, मलाई तीण् राता रिवनका फूलहरू लालिगुराँस जस्तै सुन्दर लाग्दथ्यो । उनका गोरा गलामा, साना साना मोतीका सेता माला, दिनको उज्यालोमा पनि चम्किएर मेरो आँखासम्म आउँथे । उनका सर्ट र स्कर्टमा क्रिजहरू असाध्यै मिलेका हुन्थे, सफा मुहारमा वचपना मात्र हुन्थ्यो, शालिन र शुशील थिइन् उनी । म उनलाई प्रेम गर्थें । म मात्र हैन मेरो कक्षा र उनको कक्षाका अरु १० जनाले उनलाई प्रेम गर्थे ।

एउटा साथीले प्रथम १० को लिष्ट निकाल्यो । आश्चर्य उसको लिष्टमा म १० औं स्थानमा मात्र थिएँ । मैले बनाएको लिष्टमा म प्रथम थिएँ तर उनको लिष्ट, उनीसंगै थियो । त्यहाँ म नहुन पनि सक्थेँ । बाल शुलभ मस्तिकमा त्यो बालप्रेम झनै बू ः दै गयो । आँखा चिम्लिँदा उनी पो आँखा अगाडि आउन थालिन । कहिले साइकल चढेर टिङ्ग टिङ्ग घन्टी बजाउँदै आउँथिइन् । कहिले त्यही रातो रिवनमा आउँथिन् । अनि कहिले पातलो स्लिभलेस टप र त्यस्तै पातलो हाफ पाइन्टमा आउँथिन् । मैले आँखा अगाडि उनी यसरी आउनुलाई म आफू प्रेममा पुरै डुबेको, संसारकै सबैभन्दा बढी प्रेम गर्न प्रेमीको श्रेणीमा राखेँ । मेरो प्रेमलाई १०० मा १०० अङ्क दिएँ । उनले कति दिइन थाहा छैन । उनले १०० मा सुन्ना दिन पनि सक्थिन् ।

स्कुलमा र गाउँमा सांस्कृतिक कार्यक्रम हुन्थे । उनि नाँच्थिन, गाउँथिन पनि । संसारकै सबैभन्दा बढी माया गर्ने प्रेमी म, उनको सम्झनाको लागि उनको केही सामान आफूसँग हुनु जरुरी थियो । म उनलाई मात्र हैन, उनको गाउँ, उनका आफन्तहरू र उनीसँग जोडिएका हरेक चिजलाई प्रेम गर्न थालेको थिएँ । सांस्कृतिक कार्यक्रमको लागि उनीहरू नृत्य प्राक्टिस् गर्न रुमभित्र छिर्थे । हामी केटाहरूलाई भित्र छिर्न अनुमति हुन्नथ्यो । हामी बडीगार्डजस्तै बाहिर बस्थ्यौैं । ढोकाको प्वालबाट म पनि च्याँउथेँ । यसरी च्याउने को पनि ठूलै भीड हुन्थ्यो । आफूले एकचोटी हेरेपछि अर्को चोटी हेर्न कुरेरै बस्नुपर्ने, धित मारेर हेर्न पनि नपाउने ।

उनको केही सामान भए, जीवनभर आफूसँगै राख्थे । उनले दिएको उपहार सम्झेर । अब उनको सामानको पो लोभ लाग्न थाल्यो मलाई । उनले प्रयोग गरेको वा उनले छोएको सामानमा म उनको न्यानो स्पर्श पवित्र प्रेम र सम्पूर्ण उनीलाई महसुस गर्नसक्थे । अझ उनको केही सामान आफुसँग भए, उनको अरु प्रेमीभन्दा फरक पनि त हुन्थें । उनको जुत्ता मेरो आँखा अगाडि थियो । केटीहरू जुत्ता बाहिर फुकालेर कोठा भित्र छिर्थे । जुत्ता नलगाई नाच्न सायद उनीहरूलाई सजिलो हुन्थ्यो होला ।

मैले सोचें, उनको जुत्ता नै लग्नुपर्छ कि क्या हो ? प्रेमले अङ्गलाई छुयाउँदैन, खुट्टामा चुम्बन गर्न र ओठमा चुम्बन गर्न एउटै मान्छ प्रेमले । प्रेमलाई स्तन, नितम्व र तिघ्राको परिभाषा एउटै लाग्दछ । उनको जुत्तालाई पनि प्रेम गरें मैले । दायाँ बायाँ हेरेँ सबै साथीहरू ढोकाको अन्तरमा नै झुम्मिएका थिए । उनको एउटा जुत्ता टपक्क टिपें, छाती नजिक ल्याएर दुईटै हातले समातेँ र त्यहाँबाट कुलेलाम ठोकें । घर पुगेपछि सम्झेँ उनी अब घर कसरी जान्छिन् ? मैले त एउटा जुत्ता नै बोकिदिएँ । म स्वार्थी भएँ, आ.. जसोसुकै गरी जाओस्, लगाँउछे होला साथीको । घरमा आमाले के लिएर आएको भनेर सोध्नु अगाडि आफ्नो कोठामा आइपुगेँ । अब कहाँ राख्ने ? मैले धैरै नै संघर्ष गरेर लिएर आएको प्रेमको उपहार, उनको उपहार ।

मलाई उनले नदिएको तर म भित्रकी उनीले दिएको उपहार । खाटको मुनितिर राख्ने निधोे गरेँ । सबैभन्दा सुरक्षित त्यही ठाउँ हुन सक्थ्यो । तर गोडापट्टि राख्ने हिम्मत भएन । मेरो प्रेमिकाले दिएको उपहार, त्यसैले खाटको शिरानीमुनि राखेँ । ढुक्क भयो । उनलाई नपाए पनि उनको सामान त मसंग छ । लामो लिष्टको ९ जनालाई जितेर प्रथम भए जस्तै लाग्यो ।

भोलिपल्ट स्कुलमा हल्ला भयो । रिदीमाको एउटाजुत्ता कसैले चो¥यो रे । म गमक्क परेर बसेँ । मलाई के थाहा, को हो चोर ? म हैन क्यारे । मत प्रेमी पो हो त । प्रेमी चोर र चोर मात्रमा धेरै भिन्नता छ । प्रेमी चोर हुनु त राम्रो कुरा पो त । रिदीमा ठूली भइन् । म पनि उनीसँगै ठूलो भएँ । उनीभन्दा अगाडि म पो ठूलो भएँ । स्कुलपहिले नै छोड्ने भएँ किनकि उनीभन्दा १ कक्षामाथि थिएँ । रिदीमाले उनकै कक्षाको विनोदलाई मन पराउँछिन् स्कुल भरी हल्ला भयो । एकदिन समय निकालेरै तुलना गरे विनोद र आफूमा । विनोदभन्दा आफू कता हो कता राम्रो पाएँ । रिदीमा मूर्ख रहिछे, म जस्तो संसारकै सबैभन्दा बढी प्रेम गर्ने प्रेमीलाई मन पराइन । त्यो पुड्के विनोद के मन परेको त्यसलाई ?

आफ्ना नजिकका दुई जना साथीको अगाडि गाली गरे रिदीमालाई । दशैं आयो, गयो पनि । एक साल मात्र हैन हरेक साल, आउँछ अनि जान्छ । दशैले मेरी मायालुसँग मलाई नजिक बनाए पो त्यो दशैको विशेष महत्व भयो त । यसै आउने अनि जाने दशैको पनि मलाई त्यति वार्ता भएन । दशै पछि स्कुल फेरि सुरु भयो । मिल्ने साथी बिराजले एकदिन स्कुलबाट फर्किदा भन्यो ‘तिहारमा त एउटा पोस्टकार्ड दे है शुशील, कति काँतर भएको तँ । अरुले पत्याउला है रिदिमालाई ..‘अरुले पत्याउला है रिदिमालाइ’ भन्ने उसको वाक्यले झ्वास्स छातीमा घोच्यो । फूलैफूलको पोस्टकार्डमा राता निला अनि हरिया कलमहरूले लेखें ‘जीवन भनेको वसन्त मात्र हैन तुषारे शिशिर पनि हो । फूलको कालिन मात्र हैन तिखा जंगली काँडाहरू पनि हो’ साभार गरिएका थिए पोस्टकार्डका लाइनहरू ।

पोस्टकार्ड दिइयो । च्यातियो रे । विश्वासै भएन । उसको क्लासको झ्यालमा गएर हेरें । च्यातिएका टुक्राहरू झ्याल बाहिरको छतको टपबाट मलाई जिस्काइरहेका थिए । यसै मन म¥यो । प्रेम पत्र लेख्न खोज्दैथेँ, पोस्टकार्ड नै टुक्राटुक्रा पार्न हातहरूले प्रेम पत्रको के विचल्ली गराउँथ्यो होला । नदिएको ठिकै भयो । उता प्रेम पत्र च्यातिन्थ्यो यता मुटु टुक्रिन्थ्यो । कम्तिमा पोस्टकार्ड त च्यातियो, त्यसमा त म प्रेम गर्छ, संसारकै सबैभन्दा बढी माया गर्ने प्रेमी म नै हुँ भनेर लेखेकै छैन ।

चटक्कै भुल्न खोजेँ । स्कुल छोडेको १५ वर्ष भयो तर रिदीमालाई भुल्नै सकिन । उनको जुत्ता उनकै विवाहको दिन शिरानीमुनीबाट करेसाबारीमा फालिदिएँ । तर याद फाल्नै सकिन । स्कुल छोडेको १५ वर्षसम्म पनि जब म रिदिमालाई सम्झन्थें मन कता कता गहुंङ्गो भएर आउँथ्यो । छातीभित्र देब्रेतिर दुखे जस्तो, आँखा पनि टोलाउन थाल्थे । प्रेम भन्ने कुरानै यस्तै रहेछ । दिन र वर्षहरुले यादलाई भुलाउन नसकिंदो रहेछ । एकदिन म आफ्नो पुरानो एकाउण्ट बन्द गर्न एभरेष्ट बैंकमा गएको थिएँ । इन्क्वायरी काउण्टरको अगाडि रिदिमालाई देखेँ ।

काउण्टर अगाडि गएर काँपेको स्वरमा सोधें– रिदिमा जी हैन ?’ उताबाट जवाफ आयो ‘हो’ । म रिदिमालाई चिनाउन चाहन्थें या उनीसँग अलि बढी समय बोल्न चाहन्थेँ फेरि सोधें– मलाई चिन्नुभो ? जवाफ नपाएको भए खुसी हुन्थ्यो मन बरु, ‘चिनिन, अँह चिनिन’ भन्ने जवाफले मुटु चिरा चिरा पारे जस्तो लाग्यो । काउण्टर अगाडिबाटै प्रण गरे, अब त ज्यान गए पनि याद गर्दिन यो घमण्डी केटीलाई । घर आएँ करेसावारीमा उनको जुत्ता छ कि भनेर खोजेँ, भेटिन । आनन्द भयो अब उनलाई याद गर्न केही सामान पनि छैन । आज उप्रान्त उनलाई पटक्कै सम्झिन्न । फेरि प्रण गरे । तर याद त्यसरी नमेटिंदो रहेछ । कसैको सामान आफूसँग हुनु नहुनुले पनि याद कम या बढी नहुँदो रहेछ । कपडा निचोरे जस्तो गरेर मनलाई निचोरेर सम्झना र माया फाल्न नसकिने रहेछ । यो घटनाको केही वर्षपछि म अध्ययनका लागि बेलायत गएँ ।

म संसारकै सबैभन्दा बढी माया गर्न प्रेमी, उनलाई बस चढेको हेरें । उनको पछि पछि बस चढें । तर उनको अगाडि गएर म तिम्रो प्रेमी शुशील हो भनेर परिचय गराउने हिम्मत जुटाइन । उनले फेरि चिन्न इन्कार गरिन् भने संसारका सम्पूर्ण म जस्ता प्रेमीहरू उनीसँग दुःखी हुन्थे । त्यसैले उनको अगाडि नै गइन । उनी बेलायतमै छिन् र हाम्रो आसपास नै बस्छिन् भन्ने अड्कल भने काटेँ । उनले मलाई देखिन् वा देखिनन् थाहा भएन । ‘देखिनन् नि !’ देखेको भए विदेशमा त कम्तिमा बोल्थिन । रमाइलो लाग्यो सान्त्वनामा मात्र पनि । आफ्नो देशमा रहँदा, दिल खोलेर देशलाई सराप्नु अनि विदेश गएपछि देशलाई सम्झनु हामी जस्ता विदेशिने सबैको नियति । बिरामी हुँदा त अझ धेरै याद आउँछ आफ्नो ठाँउको । म पनि आफ्नो सानो कोठामा बसेर बिरामी शरीर अनि मनले देशलाई सम्झदै थिएँ ।

म संसारकै सबैभन्दा बढी माया गर्न प्रेमी, आफ्नो प्रेमीकाको खोजीमा यसरी भौतारिनुलाई पागलपन हैन पागल प्रेमको नाम दिएँ ।

मैले रिदिमालाई गरे जस्तै रिदिमाको कपालको चुल्ठो अनि गलाको मोतीको मालालाई गरे जस्तै । अरुलाई भए त सहयोग गर्ने म, सागर जस्तोमित्रलाई सहयोग गर्न के पछि पर्थे र ? मैले अनुशाको ममीलाई सागरको प्रेम पस््रताव र एउटा सुन्दर गुलाफको फूल लगिदिनु थियो । अनि कृष्ण दाईलाई सम्झाउनु पर्ने थियो । सागर जस्तो योग्य र लायक छोराको विवाह कुनै डाइभोर्सि, बच्चासहितको केटीसँग गर्नलाई मन्जुरी सहजै दिंदैनथे कृष्ण दाइले । दुईटै कुराको जिम्मेवारी लिएर म अनुशाको हात समात्दै क्विन्स रोडमा रहेको अनुशाको घरमा पुगेँ । मैले सोच्दै नसोचेको कुरा भयो । हातमा भएको गुलाफको फूल खस्न खोज्यो । हात समातिरहेकी अनुशा दौडिदै आमा भए ठाँउमा पुगिन र सागर अंकलको साथी भन्दै मलाई परिचय गराइन । म उनीसंग परिचित थिएँ या थिइन त्यो उनलाई थाहा होला तर उनी म संग परिचित थिइन् । उनी मेरी प्रेमीका रिदिमा थिइन् ।

अनुशाले हात समातेर सोफामा बसाइन । रिदिमा मात्र भएको भए, नबसाउन पनि सक्थिन, शुशीललाई नचिन्न पनि सक्थिन तर सागरको साथी शुशिललाई चिनिछिन् । हाँसिन् पो त । १७ वर्षअगाडिदेखि त्यो हाँसोको लागि कति व्यग्र थिएँ म । संयोग पनि कस्तो । शुशिलले कहिले पाएन त्यो मुस्कान तर सागरको साथी शुशिलले पहिलो भेटमा नै पायो । हातको गुलाफ दिदैं भने ।

‘रिदिमाजी, मेरो साथी सागरले तपाईलाई असाध्यै माया गर्छ । तपाइसंगै जीवन बिताउन चाहन्छ, उसको तर्फबाट यो मिठो उपहार ।’ उनी मेरो नजिक आएर गुलाफलाई स्विकारिन् । मेरो आँखा अगाडि उनको जुत्ता पो आए । अनि उनी आइन् त्यो रातो रिवनले दुई चुल्ठा बाटेर, गलामा मोतीका हार लगाएर । कति खुसी थिइन मेरी रिदिमा । म पनि उतिकै खुसी थिएँ । धेरै वर्षअगाडि मेरो पोष्टकार्ड च्यातिदिएकी रिदिमा आज मैले दिएको प्रेमको उपहार गुलाफको फूल स्विकार गर्दैथिइन । मेरो जीवनको सबैभन्दा ठूलो खुसीको क्षण मेरी पे्रमीका जसले मलाई चिन्न धेरै पल्ट इन्कार गरिन् आज मेरो हातबाट पहिलो पल्ट उपहार लिदै थिइन् ।

एकाएक मेरो अनुहार अँध्यारो भएको महसुस भयो मलाई । मुटुमा भित्र कता कता दुख्यो । पोष्टकार्ड च्यातिँदा पनि त्यस्तै दुखेको थियो । हातहरू कमजोर भएर काँप्न थाले । खुट्टा गलेर शरीरलाई धान्न नसक्ने भएँ । उनको मुस्कानले गिज्याए जस्तो लाग्यो । त्यहाँ उभिने सामथ्र्य पनि थिएन मलाई र अनुशातिर फर्केर ‘वाई’ भन्दै बाहिरिएँ । अनुशा बोलाउँदै थिइन् । अंकल पर्खिस्यो न । ममीले चिया बनाउनु हुन्छ । चिया खाएर गइस्यो न । म पछाडी फर्किनै सकिन त्यो घरलाई हेर्नै सकिन ।

अनुशा भने अंकल अंकल भनिरहेकी थिइन् । रिदिमा सायद अन्योलमा थिइन् । तर, उनको लागि केही मिनेटको अन्योल थियो त्यो । मेरो त जीवन नै एउटा अन्योल भएको थियो । कृष्ण दाइले पनि सागरको प्रेमलाई स्विकारे । मेरो ठूलै भुमिका थियो कृष्ण दाईलाई सम्झाउनमा । मनको कुनामा कतै कृष्ण दाइले नमाने पनि हुन्थ्यो भन्ने लागेकै थियो तर त्यस्तो भएन । मेरो आत्मिय साथी सागरलाई दोस्रो जीवन साथीको रुपमा पाएकी थिइन, मेरी रिदिमाले ।

रिदिमा र सागरको विवाहको दिन बिहानै मैले भिक्टोरीया बस स्टेसनबाट नेशनल एक्सपे्रसको बसमा चढेर कार्डिफ सिटी जाँदा म बरबराइरहेको थिएँ । ‘रिदिमा, म संसारकै सबैभन्दा बढी माया गर्ने प्रेमी पो त, तिम्रो खुसीको लागि हिजोदेखि आजसम्म सधै आफूलाई समर्पित गरें, अब त मलाई चिन्न इन्कार नगर ल ।’

(स्रोत : श्री रुपरेखा)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

1 Response to कथा : फक्रिएन गुलाब

  1. ramchandra khadka says:

    yasma bichko part katiyako xa, tyo khai??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.