~घनश्याम प्याकुरेल~
तिमी आउने आशा सबै मरिसक्यो सम्झ।
मायाँ प्रेममा हूरि बतास परिसक्यो सम्झ
ढकमक्क फुलेको मायाँको बगैंचा त्यो
शिषिरमा झैँ फूलपात सबै झरिसक्यो सम्झ।
हात समाई जिन्दगीमा धेरै यात्रा गर्नु थियो
एक्लै एक्लै कयौँ खोला तरिसक्यो सम्झ।
अँगालोमा बाँधिएर रोएको त्यो अन्तिम क्षणले
बिदाइ सँगै सबै आँसु झरिसक्यो सम्झ।
फोन आउँछ बारम्बार कयौँ पटक घरबाट
बाध्यतामा परि बिहे गरिसक्यो सम्झ।
घनश्याम प्याकुरेल
काठमाडौं
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )