लघुकथा : नेपाल बन्द

~सुषमा मानन्धर~Shushma Manandhar

जीवन, देशको एक ठूलो पार्टीको सक्रिय कार्यकर्ता । एक अर्थमा भन्नु पर्दा दरै हात । आज उसको पार्टीले बन्दको आयोजना गरेको छ, सरकारलाई आफ्ना मागहरु पूरा गराउन दबाब दिन । सरकार पनि खै, टायरको तातोले सडक नतताई जायज मागहरु समेत सुनि नदिने ।

जीवन घरबाट एकाबिहानै निस्केको छ आज । पार्टीका अन्य साथीहरुसंग ऊ पनि सडकमै छ धर्ना दिंदै । पसलहरु बन्द गराउन र सडकमा सवारी साधन गुडाउन नदिन लागीपरेको छ ऊ । सडकतिर आधा खुलेका केही पसलका सटरहरु पनि झण्डा बोकेका र नाराजुलुस गर्दै हिंडेका कार्यकर्ताहरुलाई देखेर पूरै बन्द भए । जुलुस भन्दा अलिकति पर लाठी बोकेका प्रहरीहरु पनि तैनाथ थिए, त्यहां स्थिति तनावपूर्ण नै थियो ।

सडकमा हिंड्ने मान्छेको घुँइचो थियो । बन्दप्रति सवै आ आफनै खाले विचार प्रकट गर्दै थिए । बटुवाहरु केहीमा यसप्रति र्समर्थन भए पनि अधिकांशहरु बन्दबाट पाइएको दुखबाट आजित देखिएका थिए । त्यत्ति नै बेला टाढैबाट एउटा मोटरसाइकल इमरजेन्सी लाइट बालेर फूलस्पीडमा आएको देखियो । बन्दमा पनि मोटरसाइकल चलाउने मशहूर रहेछ । “हान् सालेलाई ,”सब केटाहरु आक्रामक र उग्र देखिए । एकैछिनमा उनीहरु हूल बांधेर कमिला झैं सडकमा फिंजिए पनि । सडकको भीड देखेर मोटरसाइकल चालक आत्तियो, अत्तालियो । फरक्क फर्काउन खोज्यो तर सन्तुलन राख्न नसकेर मोटरसाइकल चिप्लिएर धेरै टाढासम्म घिस्रियो । चालक भने तीन बल्डयांग खाएर सडक किनारको बिजुलीको पोलमा ठोक्कियो । हेल्मेट झरेर टाउकोमा नराम्ररी चोट लाग्यो ।

भीडले सीटी बजाउंदै थपडि बजायो । यो उनीहरुको विजय थियो । “यस्तो बेला पनि मोटरसाइकल चलाउने, निडरै रहेछ,” भीड भन्दै थियो । जीवन, भीड हर्टाई अगाडी गएर घाइतेको अनुहार आफूतिर फर्कायो । “कुमार त“ १ ” ऊ झसंगै भयो । नेपाल बन्द भन्ने जान्दा जान्दै आजैको दिन मोटरसाइकल किन चलाइस् -” उसले भाईलाई हकार्यो । “भतिजो भरेङ्गबाट खसेर हात भा“चिएको थियो, हस्पिटलमा यो दवाइ सकिएकोले लिन हिडेको हु“ ।” उसले हातको एउटा सानो सिसी देखायो । आफनो घाइते भाइ अनि छोरोको भांचिएको हातस बेहोस हुन लागेको भाइलाई देखेर ऊ आत्तियो , “ए, हट् † कुनै गाडी आउन लोगेको छ कि हेर ।”

एउटा ट्याक्सी गल्लीबाट निस्केर त्यतै आउन लागेको थियो । बल्ल बल्ल भेटिएको ट्याक्सी ,घाइतेलाई अस्पताल लान भीडले रोक्न खोज्यो तर दुइ चार जना मानिस आफूतिर दोड्दै आउन लागेको देखेर नेपाल बन्दको दिन पनि ट्याक्सी चलाएको आरोपमा ढुटो पार्लान् भन्ने डरले ड्राइभरले ट्याक्सी अन्तै दौडायो ।
अस्तु ।

June 28th, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.