कविता : समय

~मसान उपासक~masan-upasak

यी फाटहरुमा फलाउनुछ अन्न
टार्नुछ भाेक र चढ्नु छ उकालाे
याे सुन्दर हिमाल काेतरेर मैले
निकाल्नु छ जिवनका अनगिन्ति खुसि
याे गुरासकाे फेद खनेर
खाेज्नु छ सुखका रङहरु ।
भाेटबाटै लानु छ सुन र नुन
जाेर्नु घरका चुलाचम्का ।

बिर्सनु छ मज्जाले बिर्सनु छ
पाेहाेर मरेकाे कुपाेषित छिमेकि बच्चा
भुल्नु छ याे उभिएकाे दरबार भित्र
परारै पुरिएकाे रामेकाे अात्मा
खाेज्नु छैन मैनाकाे हत्यारालाइ
अाे! कालिकाेट तिमिले कतै नभन्नु
अाैषधि अभावमा मरेका हुन् जम्मै।
सरकारकाे अादेश छ
शुसासन अाएकाे छ देशभरि
अब सबै बिर्सनु दुखका कुरा
नसके फ्याक्नु मुटु र मन
दान गर्नु अाखाहरु कसैलाई
चुपचाप बस्नु भाेक सहेर
सरकार प्याकेजमा
प्राण संकलमा लागेकाे छ ।

अाउ सबै मिलेर जानू छ
र भन्नुछ देशमा सबथाेक छ सरकार
केबल मैले खाेजेकाे देश छैन ।

छतिवन-५, मकवानपुर

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.