कविता : होर्डिङ बोर्ड

~निराजन राजालिम ‘बतास’~nirajan-rajalim-batas

निलो गगनमा
सुर्यसँग लुकामारी खेल्ने
ति बादलहरुलाइ सोध
कतै ति ठिङ उभिएका
होर्डिङका खम्बाहरुले
जिस्काइ रहेका त छैनन्?
ति बुट्यानहरुलाई,
ति बिरुवाहरुलाइ त सोध
कतै यसले प्रकृतिमा
बाधा,अड्चन त गरेका छैनन्?
शायद बुट्यानको अगाडि ठिङ
उभिन पाउँदा यसले हुंकार दिदो हो,
“ए फुच्चे, तिमीहरु कहिले
म जत्रो हुने हो?”
अनी गगनचुम्बी यो,
कुहिरोहरुलाई भन्दो हो;
“खबरदार! मलाई छोप्ने प्रयास नगर्।”

आज हामी;
यसको निर्माणमा जुटेका छौ
लाग्छ; यो नै हाम्रो
सभ्यताको प्रतिक हो,
आधुनिकताको द्द्योतक हो।

तर;
परीस्क्रित समाज,
आधुनिक हामी
गहुंसँग घुन पिसिएझै
बिज्ञापनको जाँतोमा पिसिरहेछौ।
हाती र भैंसीको
उर्लदो खहरेले
वास्तविकतालाई पाखा लाउदै
नयाँ बाटो खोज्दै छ।
जसरी सप्तकोसिले
नयाँ बाटो अंगाल्दा
हजारौं हामीलाई
बिस्थापित गर्‍यो।
अनी हामी
हात्ती र भैंसीको
पुच्छर तान्दै
हात्तीछप र पाँडोमा
अल्मलिरहेका छौं।

मलाई लाग्छ,
भोली
यही होर्डिङ्ले
सडकको किनाराबाट,
शहरको बिचबाट,
यत्र,तत्रबाट …
कुरीकुरी गर्नेछ।

October 19, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.