~शिवहरी श्रेष्ठ~
सुन्तली – तिमी धन्य छौ ।
म सँग शब्द नै छैन तिमीलाई सम्बोधन गर्न,
बाचुन्जेल साहारा दियौ तिमीले मेरा ब र आमा लाई
मरेपछी पनि सम्म को काँध तिमीनै दिदैछौ।
धन्यछौ तिमी।
बाबुको बिछोडमा गहभरी आसुँ पारेर पनि
मेशिन सरी काम गरिरहेकै छु ।
बिदेसिनुको पिडाबोकेर बसेकोछु ।
पुन्टे र भुन्टुलाई राम्रो स्कुलमा पदाउने,
तिमीलाई पेटभरी खुवाउने, यकसरो चोलो फेर्ने अनी ,
आमा को ओखति मुलो राम्रोसँग गर्ने,
यस्तै यस्तै धैरै सपनाहरु बोकेर , बिदेसिनुको पिडा सहेर बसेकोछु ।
शायद तिमीलाई रून पनि फुर्सद छैन ।
पक्का तिमीलाई रून पनि फुर्सद छैन। ।
सागर बाट फर्के पछी भुन्टिलाई दुध पिलाउनु छ।
भोली बिहानको चुलो जलाउनुको चिन्ता छ तिमीलाई,
माली गाई को बाञ बाञ र सिङ्गारी बाख्री को म्या म्या पनि त तिम्रै पाखुरिमा बाचेका छन ।
दुई सुर्को बारीमा पनि तिम्रै रगत पसिना सिज्नु परेको छ ।
दुई बहर गोरुको साथ पनि तिमीलेनै निभाउनु परेको छ ।
अनेक बाधा र अडचन सहेर, लोग्ने बिदेसिनुको पिडा बोकेर कुरी बसेकी छौ ।
तैपनी तिम्रो कसै सित केही गुनासो छैन,
सुन्तली – तिमी धन्य छौ। ।
साहुको ऋण तिर्ने पैसा बनाय पछी , अलिकती जगेडा पनि बनय भने
फर्की आउने छु तिम्रो अङालोमा बाधीन,
बिताउनेछु बाँकी जीवन तिमीसँग कहिलै नछुटीकन
धैर्य गर म चाडै आउँदैछु , भन्देउ आमालाई म ब्याकुल छु –
आमाको काखमा लुतुपुती खेल्न
म आतुर छु – पुन्टेलाई क , ख सिकाउन, अनी भुन्टि को तोते बोली सुन्न ।
सुन्तली – तिमी धन्य धन्य छौ।
शिवहरी श्रेष्ठ
बिदेस बाट
November 9, 2008
(स्रोत : माइ संसार डट कम)