लघुकथा : जनै साँचो

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

एकै छिन पछि उ फर्किएर आई हाल्यो । फेरि गयो । फेरि ऐकैछिन मा आयो । यसपालि उसले साईकललाई निकै बेर नियाल्यो। गियर तिर । जन्जीर तिर । ब्रेक तिर । पाउददानि तिर । उसले के के सोच्यो कुन्नि , जनै साँचो निकाल्यो र साईकललाई बाँध्यो । साईकल भर्खर किनेको नयाँ थियो। त्यसैले एकछिन छोड्नपनि माया लागेको थियो । हराउला भन्ने माया । उसले निकै बेर लागाएर घोप्टीएर साईकललाई बाँधेको थियो किनकि साँचो झुन्ड्याउने जनै सानो र छोटो थियो। गधा पच्चिस ननाघेको उसको बुद्दिले जनै साँचो मार्फत साईकल लाई सुरक्षित बनायो ।

ऊ फेरि गयो , तर एकै छिन पछि आइ हाल्यो । साईकललाई फेरि नियाल्यो। ताल्चालाई छाम्यो। घन्टि बजाएर हेर्यो। सबै ठिक ठाक थियो। उसले एक पटक फेरि साईकललाई ह्यान्डिलदेखि पाउदानि सम्म नियाल्यो।

अब उ ढुक्क भयो क्यार , निकै बेर फर्किएन । साईकल ब्रान्डेड थियो । रातो हरियो रङ्ग संमिश्रणको सँयोजन थियो। निकै चंम्किलो थियो। निकै बर्ष जनै साँचो ले साईकललाई संरक्षण गरि रह्यो।
***
… गल्लि भिडभाड थियो। साँघुरो साँघुरो बाटो हुँदै उ भित्र पस्यो। निकै प्रयत्न गरेर उसले पार्किङ गर्यो। पार्किङ ब्यबस्थापकले ह्यान्डिल लक नगर्न भनेपछि उसले एक पटक अनुहार खुम्च्यायो्। निघार तान्यो। आँखिभुँई हल्लायो् र त्यहाँ बाट निस्कियो। उसले पछाडि फर्केर हेरेन । फटाफट गरेर कबर्ड हल तिर छिर्यो। ऊसलाई भोलि हुने कलेजब्यापि बक्सिङ प्रतियोगिताको लागि अभ्यास गर्नु पर्ने थियो ।

उसले दिँउसो कफि पियो। सांझमा कोक खायो। आजको अभ्यासले उ निकै थाक्यो। पार्किङ्ग गरेको ठाँउमा आयो। पार्किङ लट खालि भैसकेको थियो। उसले त्यहाँ आफ्नो मोटरसाईकल देखेन। ऊ आत्तियो। भर्खर किनेको उसको पल्सर मोटरसाईकल हरायो। हतप्रत उसका हातहरु छाति तिर छाम्न पुगे। छातिमा पुगेर उसका हत्केला अडिय। न जनै थियो। न साँचो ।

उ अँध्यारो पार्किङ लटमा निकैबेर उभियो। उसलाई हरियो रातो संमिश्रण वाला हिरो साईकल को संझना निकै दिन आयो ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.