~शर्मिला खड्का दाहाल~
छोरीले आमालाई भन्दै छे – ‘मेरो लागि केही नगरी दिने खै वर्थ डे नमनाइदिने – मेरा साथीहरू क्या स्मार्ट भएर हिँडछन् । न भनेजस्तो ड्रेस छ । नभनेजस्तो सेन्डिल छ । यस्तो टिनयजर्स छोरीको चाहना पनि बुझिदिनुपर्छ नि † अहिलेको जमाना कहा“ पुगिसक्यो थ्रेडिङ्ग गर्न पैसा पनि एक हप्तादेखि माग्नुपर्छ । कपाल कलर गर्नुछ फेरि लेजर गरौँभनेको सपना जस्तो भइसक्यो । कलेजमा फेसेज छ । नयाँ ड्रेस लाउनुपर्ने ! यस्तो पैसाको अभाव हुनेले किन छोराछोरी पाउनु नि!
आमा भन्छे – ‘छोरी काठमाडौ“को महङ्गीमा खान पनि धौधौ छ । यति धेरै फर्माइस पूरा गर्न कि भष्ट्राचार गर्नुपर्यो कि त दुइ नम्बरी धन्धा ! तिम्रो बुवाको सोझो कमाइले कहाँ पुर्याउन सकिन्छ र ?
छोरी फेरि पडकन्छे – ‘महङ्गो ठाउँमा जन्माएपछि छोरी पनि महङ्गी हुन्छे भन्ने थाहा छैन । हुम्लाजुम्लामा जन्माएको भए भइहाल्थ्यो नि !’
आमा नबोली बजार जान्छे । बजारबाट र्फकदा मोटरसाइकलले हान्छ । आमा बाटोमा पछारिन्छे बेहोश हुन्छे । उसको हातमा छोरीको वर्थडेको लागि अर्डर गरेको बिल हुन्छ र साथमा छोरीको लागि एउटा पेन्ट र भेष्ट हुन्छ ।
आमा अस्पतालबाट व्लड बेचेर र्फकदै गरेकी हुन्छे ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
Dami lagyo! man xune..
Dami xa man xune malai ekdamai manparyo..