कविता : मयुर

~वैरागी जेठा~bairagi-jetha

मयुर लाल सलाम
रातो सलाम
जय नेपाल
प्गारा किसानहरु
सानी मदौ
खैर अम्बाका बोटहरु
पारी जातका मुस्कानहरु
पानी अमला हास्छन्
पशुपंक्षी
सुकेका ढोडहरु
क¥याक कुरुक चपाएर
खरहरु
झ्वाल झ्वाल बल्छन्
खर्कहरु अंगार झैँ
बिजुली कोटका झ्यालहरु
भासीएर सम्म बेसी बन्छन्
धोबी गीत गाउँछ
मथुर जीवनको संगीत भर्छ
न्यायका पक्षमा
मयुर सलाम
भालुवा जोर
ध्वार ध्वार पार्छ
मृगहरुलाई
क्रान्तिको छिर्काले
भँगेरीका गुँड भरी
मायाँको घाम छाउँछ
मयुरका बथानहरु
पाटाका पाटा
चारा खोजीरहेथे
मेरा आँखाहरु
उनिहरुसँग
नाचीरहे
शिशिरको पारिलो तापेर
हामीसँग न्याँय मागी रहेथे
सुगााहरु गीत गाउँदै थिए
लाल सलाम
राता पाखरहरु
सेता धुवाँ उडाईरहेथे
प्राय सबै दिन
आकाश बाट पानी झर्न न सकेर
अग्राख भएका गाउँहरु
झलझल सपना देखिरहेथे
हिमालले आँसु झारेका
क्रान्ति छायाँमा पर्छ
जीन्दगीमा विर्को लगाएर
के का निम्ति परिवर्तन
छाई रहेछन् काजी जिमुवालहरु
भोका मानीसहरुलाई
हल गोरु झैं नारी रहेकाछन्
शहीद परिवारहरुलाई
खै उनिहरुका सपनाहरु
चंगा भएर उडेका आकाशमा
जीवन धूलो झैं फूकेर
मानीसहरुको मुटु चपाईएको छ
अरि¨ाल जस्तै काला मुखीयाहरु
मानिसहरु लखेटी रहेछन्
सानी मदौका फाँटहरु बाट
माझीले फालेको जलहरी झैं
डिट्ठा फ्याँकीरहेछन्
आजको दिन पनि छाती चिरीरहेछ
आरोले
टुक्रा टुक्रा चट्टानहरु झैंं
चन्द्रलालहरुले विहरौं गरेका जमीनहरुमा
तितेपाती र अरली उभिएका छन्
सि¨ोृ मान्छे झैं
मयुरहरु गाउँछन् दुःखका लहरीहरु
मुटुका छहरी
युगको आत्मा बोल्दछ
कवि भएर
पुरानो जीवन जस्तै बनेको ढाँडहरुमा
यात्री नीलो पानी झार्छ
हत्केला भरी
टाकुराका जुरेलीहरु
सुनाउ एकछिन कविता
कवि सल्लो झैं सुसाउँछ
यात्राभरी
यात्री देख्छ भत्केका गाराहरु
मझेरीमा उम्रेका अरलीहरु
धमीराका गुँड सरीफैलीरहेका
चौतारीमा
भाले पोथी बारीका पाटाहरुमा
छरवरी छरीएका थिए
यात्रीको अगाडी बाट
मयुर भुरुरु उड्छ
उ फुर्फुरी गर्छ
बुढाथोकीको आँगनमा
नाउँ हो सानी मदौं
सुन्दर पाखर
सल्लाहरु बोल्छन्
चन्द्रलालका कथाहरु
ठूला बडा चाँपहरु
साना साना सिमलका भुवाहरु
सपना बाँड्छन्
क्रान्तिका दुत बन्छन्
हराउँछन् लबेरी
जुनुका कोदालीहरु
जीउँदो मानीस झैं बोलाई रहन्छन्
सानीमदौका बुट्यानहरुमा
मान्छेहरु खन्न सक्दैनन्
बज्र झैं पल्टिएको आँगनहरु
मयुर आदीम काल देखी नाचीरहेछ
गाईरहेछ आँसुका भाकाहरु
हित प्रसादका पसिनाहरु
खाँडी भएको छ
उजाड शरीर लिएर
महरामा विजुली उम्रीन्छ
यात्रीको मुटु चिथरेर
कवि करुण बनेर तामा कोशी नियाल्छ
घाँटी उघारेर
सानी मदौउसा किरणको प्यार खोजीरहेछ
जहाँ हिमाली मानीसहरुको आशमा
घनश्याँमलाई पर्खिरहेछन्
दुगुर्छन मृगहरु
टक टक आवाज गरी
ठूली चौरकी जुहार
वर पीपल चौतारी
उड्छिन पोथी मयुर खल्वल् गरेर
सुन्दर ढाँडहरुमा
क्रान्ति चन्चल हुन्छ
कविका कवितामा
मयुरको धनी काफ्लेटार
घुँघुराझै रमाउँदै
यात्री तस्वीर खीच्छ
भाले मयुरको फन्का फन्का मारी घुमेर
भिर पाखा जंगल
मकै भटमास टोक्छ
कुटु कुटु हरर
सानीमदौ
गीज्याई चारा टिप्छन्
मयुरका जोडीहरु
चाँदी जुन झैं रमाउँदै
पारी जातका घरमा
बास बसेर
जीबनको सुन्दर भजन गाउँछन्
कवि नाच्यो फन फन्
लेख्यो कविता
अरलीको बोटमा
लडाई जीत्न भनी
सानी मखौमा बुल बुल गर्छ
हित प्रसादका भतीजा
विलौना गर्छन
धेरै कुरा संस्मरणहरुमा
कवि सोद्छ सञ्चै दाई
आखाँहरु टटोलीमा पार्दै
पानीबगाउँछन्
गाला भिजाउँदै
संझि संझिकन
सुनाएँ उनका कविता
यात्री मुन्टो हल्लाउँछ
फूलका पात झै
यस्तो खुशेलीमा
शब्दहरु झरीरहेछन्
राृहीरहेका जेठा भतीज
बेद झै पढ्दै गए
आफ्ना सुसेलीमा
धोवीहरु झै
कवि आँगनमा उभिएर
कुराहरु खोल्छन्
संसार जीते झै
उ मयुरको गीत लेख्छ
मयुर सँगै नाच्छ
चन्द्रलालहरुको स्वप्ना खिचेर
वित्छ कलमका शुशेलीहरु
उषा आँटी काट्दै डुलेर वन
आँटीका दाना
लुर्कीरहेका थिए
फँडिलले
भोक मेटाउँदै जिमुवालका
घर झर्दै
दूध बुझाएर
आफ्नो कर्मसँग जुधिरहेकी
जुनुमायाँ
निदारकाट चुहेको पसिना पिइरहेथिन
ढाडबाट बगेका मूलहरुले
उनलाई सिंचित गरिरहेथ्यो
मकैका च्याँख्ला चालीरहेकी
जुनु मायाँका हातहरु
थरथर काँपीरहेथे
मीरा च्याँ च्याँ गर्दै थिईन
कुकुल्द्रमा परेका कथाहरु
सार¨ीबाट सुनाईरही
यात्री भुतुक्कै हुन्छ
नयाँ घर थल्ली रहेको देखेर
खरहरु डढ्छन् थाँक्राहरुसँगै
हावाले उडाएका छानाहरु
ओखल ढीकीहरु
दयाको पर्खाईमा बसीरहेका थिए
जिमलसँग लड्दा लड्दै
सानी मदौ थकित देखिएता पनि
धरती टेक्न आतुर
अशोक बृक्षहरु
उम्रीरहेका थिए
नयाँ घर वरी परी

(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.