~घनश्याम प्याकुरेल~
धेरै फरक होला तिमी र म बिच
केही उस्तै कुरा हरु पनि होला।
तिमी खुशी हुँदा म रोएको पनि हुन सक्छु नि।
तिम्रो ओठको मुस्कान हराउने पो हो कि भन्ने चिन्ताले ।
साँच्चि फरक छ नि है।
तिमी रुँदा म हाँसेको पो छु कि शायद ।
मैले बोलाउँदा तिमी नबोल्नु ।
मन को कुरा लुकाउनु।
कहिले नखोल्नु ।
म तिम्रो याद ले जलेको बेला
तिमीलाई मेरो याद ले नछुनु ।
छ नि है धेरै फरक ।
मलाई हिजो जस्तो लाग्छ
तिमीलाई देखेको।
धेरै लाई देखेँ थें तर तिमी ले हेरेको
त्यो नजर साच्चै अर्कै थियो मेरो लागि
किनकी त्यो नजर मात्र थिएन
त्यहाँ माया थियो रहर थियो ।
तिमीले सरगम गाउँदा म शब्द सोच्थे होला।
तिमीले आलाप गाउँदा म आफू भित्र झन्कार महसुस गर्थे होला।तिम्रो् सात सुरमा म आफु बाँधिएको अनुभूति गर्थे ।
तिमीले राग सुनाउँदा म शास्त्रिय सोच्थें होला।
मलाई थाहा छैन तिमी ले के सोच्थ्यौ ?
साँच्चि फरक छ नि है।
तिमी र म बिच को सोच ।
त्यो लज्जावती झार थाहा छ?
छुने बित्तिकै ओइलाउने ?
त्यस्तै लाग्थ्यो जब तिम्रो र मेरो आँखा जुध्थ्यो ।
तिमी नजर झुकाउँथ्यौ ।
ओइलिएको लज्जावती झार जस्तो ।
तिमी लजाउँथ्यौ ।
तिमी ले त मलाई आम केटा मान्छे सोच्थ्यौ होला ।
जस्ले केटीलाई केटी जस्तो व्यबहार गर्छ ।
तर म बिल्कुल फरक थिएँ।
तिमीले सोचे भन्दा अरु ले सोचे भन्दा ।
हतार हुन्थ्यो तिमीलाई सधैं
सोझी थियौ।
तिमी ले बोलेको कहिलै सुनिन।
तिमीले गाएको गीत भित्र हराएँ मात्र।
तिमी कक्षा बाट निस्केर जन्थ्यौ।
म पछि पछि निस्किन्थे ।
त्यो किन थाहा थिएन।
शायद आकर्षण हुन सक्छ।
तिमी बाहिर पुग्दा म ढोका सम्म पुग्थें ।
म त्यहीं उभिएर हेरिरहन्थें।
मेरो मायाँलू नजर ले
तर तिमीले कहिले पनि फर्केर हेरेनौ ।
हेर्छौ जस्तो लाग्थ्यो ।
बाहिर निस्किन्थे ।
तर तिमी पर पुगिसक्थ्यौ ।
त्यही पनि फर्केर हेरेनौ ।
टिमी बस चढेर जाँदा सम्म म हेरिरहन्थे ।
त्यो के हो? कस्तो सम्वन्ध?
कस्तो नाता? थाहा थिएन ।
तर एक नजर नै कति प्यारो लाग्थ्यो ।
धेरै फरक रहेछ है तिमी र म बिच ।
साँच्चि धेरै फरक छ ।
समय कहाँ सधैं एउटै हुन्छ र ?
त्यो मनले यो मन को कुरा कहाँ सुन्छ र ?
सोच्थें कुनै दिन फेरि भेट होला कुरा होला।
तर सोचे जस्तो कहाँ हुन्छ र ?
तिमी कहाँ हरायौ थाहा भएन ।
यो मन अन्त कतै गएन ।
एउटा आशा पनि बाँकी रहेन।
धेरै सोचें ।
तर पनि केहि केहि सोच्नै सकेन।
अवाक भएँ सोचिरहें।
यो मनलाई सोधिरहें।
तर सम्पर्क गर्ने केहि थिएन ।
आफूलाई सम्झाएँ।
शायद बिस्तारै बिर्सिएँ ।
खै तिमीलाई के भयो ?
मलाई जस्तो त पक्कै भएन होला?
हाहाहा!!!
धेरै फरक छ है तिमी र म बिच ।
अहिले त यस्तो लाग्छ प्रिय!
चोट फरक होला अनि कथा फरक होला ।
दुख्ने मुटु यौटै रहेछ व्यथा फरक होला।
घनश्याम प्याकुरेल
काठमाडौं
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )