गजल : तिमी मेरी भएको रात

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

धेरै सवाल हुन्छ होला , तिमी मेरी भएको रात
साँच्चै बबाल हुन्छ होला,तिमी मेरी भएको रात

कहाँ राख्छु तिम्रो माया , कहाँ कहाँ सजाउँछु
कस्तो पो हाल हुन्छ होला,तिमी मेरी भएको रात

सुष्त चालमा घुम्टो मैले,हटाउँदा लाजले तिम्रो
मुहार लाल हुन्छ होला , तिमी मेरी भएको रात

अंग अंग चुम्दै जाँदा , धड्कन बढी सायद मेरो
बेईमानी चाल हुन्छ होला,तिमी मेरी भएको रात

अँगालोमा बेर्दा तिम्लाई,हर्षाशुँले नविनका यी
नयन ताल हुन्छ होला , तिमी मेरी भएको रात

-लेटांग ४ मोरंग
हाल रावागं मलेशिया

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.