गजल : दियो बलि रहन्छ

~राजेश रुम्बा लामा “अतृप्त”~Rajesh Rumba Lama

तेल थपी दिने भए,दियो बलि रहन्छ
अन्धकारलाई चिर्न,आफु जली रहन्छ !

त्यसरी नै मान्छेको पनि,साथ दिने भए
सुख-दु:ख यसै नि,जीबन चली रहन्छ !!

पसिनाको धारा झारी,जोर हात खियाए
मेहेनतको फल,धर्तीमा फली रहन्छ !

फूलको त सत्रु हुन्छ,हामी मान्छै डाडे हौ
मुक्का बिल्ला गर्नु पर्छ,सत्रु ढली रहन्छ !

यस्तै कुरा मनमा राखी,यो “अतृप्त” हिड्छु
आउछन सत्रु तर आफै छली रहन्छ !!

(स्रोत : Nayasamachar.com)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.