~प्रमिशा केसी~
‘करुणा, के छ हालखबर ?’
अचानक आएर त्यो बाइक छेवैमा अडियो, अनि हेल्मेटको पर्दा छिचोल्दै मसम्म आइपुग्यो त्यो सम्बोधन । अचम्म मान्नु स्वभाविक हो मैले, न परिवारमा कसैको बाइक छ अरुलाई झैँ सधैँ स्कुल–कलेज पुयाइदिन, न कुनै प्रेमी नै छ मेरो जसले मलाई लिफ्ट दिनु आफ्नो बाइकको धर्म सम्झेर रोकोस् मेरो लागि । तब यो को हो जो रोकियो मेरो लागि ?
ए, आकाश दादा, हजुर पो?’
‘अँ, को भन्ठान्यौ र?’
खै को भन्ठाने कि थिएँ मैले ? मनले भने कल्पना र आशा दुवै बुनिसकेको थियो, काश मेरो पनि कोही हुन्थ्यो जो बाइकमा आउँथ्यो अनि लिएर जान्थ्यो मलाई फिल्म हेर्न पिज्जा खुवाउन, अनि सुनाउँथेँ होला मैले पनि, साथी संगीको माझमा अनि फेसबुकका भित्तामा ! जब कुनै जोडी देख्थेँ मेरो मनले प्रश्न गथ्र्यो ‘मेरो जीवनमा यस्तो दिन कहिले आउला?’
‘कोही हैन दादा, कस्तो नचिनेको हजुरलाई मैल ! ‘हाहा, हुन त चिन्थ्यौ पनि कसरी, २ वर्ष बढी भो होला देखादेखसम्म नभाको ।’ हुन त हो, एक त्यो समय थियो मेरो एसएलसी अघिको, अनि एक आजको दिन छ । पढ्दापू ः दै समय बितेको थाहै भएनछ । जसरी यति समय बित्यो, लाग्छ मेरो ‘टिनएज’ पनि बित्छ यसैगरी, अरुका जोडी हेर्दै, आफ्नो रुपको गुनासो आफैँसँग गर्दै ।’ अनि पुल्चोकमा नाम निक्लियो रे नि त इन्जिनियरिङ्गमा !
बधाई छ है ! मेरो समेत नाक लामो भो, एक जमानामा मेरोमा ट्युसन पढ्ने केटी हो भन्न पाउँछु नि, तिमीले पो चिन्नै छाड्यौ त !’ ‘त्यस्तो हैन दादा, साँच्चै चिनिनँ मैले एकैछिन त ।’
‘लौ, आत्तिनु पर्दैन, जिस्केको पो त । ल म गएँ है, हतार छ अहिले, राम्ररी पढ्नु, बाइ !’
‘बाइ !’ बाइक फेरि पुरानै गती खोज्दै अघि बढ्यो, मलाई भने त्यहीँ रोकेछ समयले । दादालाई सजिलै नचिन्नु मेरो भुल थिएन । कहाँ आज बाइक हुइँक्याउने यो शरीर अनि कहाँ दुइ वर्षअघिको आकाश दादा ।
‘दादा, यो फोटो कसको ?’ भित्तामा टाँगिएको थियो तेरे नाम हेयरकटमा मुस्कान दिइरहेको एक क्लिन सेभ्ड मुहार । म सोच्दै थिएँ कतै कुनै नयाँ हिरो त आएन बलिवुड या कलीवुडमा जसको बारेमा मलाई केही खबर नै थिएन ।
‘मेरो !’ को थियो होला र दादाको प्रेमको चर्चा नसुनेको ? मैले सुने अनुसार चार वर्ष बितिसकेको थियो रे त्यो प्रेम सम्बन्धको । दुवै परिवारलाई थाहा थियो, प्रतिक्षा थियो त केवल दादाको इन्जिनियरिङ्ग र दिदीको नर्सिङ सकिने समयको । पर्समा एकपटक तस्बिर देखेकी पनि थिएँ । पत्याउन सकिँन । मेरो अघि त्यो फोटो आफ्नो भन्ने दादालाई हेरेँ, ओढ्नाले ढाकेको छाती अनि महिनौँदेखि नकाटेको जुँगादारी र कपाल । बरु तेरे नामको अन्तिम तिरको सलमान भन्न सुहाउँथ्यो होला, कपाल त्यति लामो नभएको भए ।
‘तर कस्तो अर्कै !’
‘अँ, एक जमानामा ह्यान्१ ः सम नै थिएँ, अहिले पो यो हातले जोगी बनायो ।’ ओढ्नाले ढाकेको त्यो भाँच्चिएको हात सम्झिएर आफ्नो प्रश्न आफैँभित्र रोकेँ । टोलमा सुने अनुसार आकाश दाइको हात फुटबल खेल्दा भाँच्चिएको थियो । दुई घर पारिको मेरो घरको छतबाट ओढ्ना ओढेको देखेको धेरै समय बितिसकेको थियो, र पनि न त प्लास्टर हट्थ्यो, न त त्यो ओढ्ना नै । अचम्म लाग्थ्यो, मेरो खुट्टा भाँच्चिदा पनि त्यति महिना राख्नु परेको थिएन, अनि सुनेँ दादाको हातमा रड हालेको छ रे । अनि डर लाग्थ्यो, हाम्रो त हातमा हड्डी हुन्छ, रड हुने मान्छे कस्तो होला ? समयले त्यही मान्छेलाई मेरो ट्युसन टिचर बनाएको थियो ।
नढाँटी भन्ने हो भने दादाको लागि त्यो ट्युसन रहर हैन बाध्यता थियो । कलेज जान, खेल्न, डुल्न सबैमा हातले प्रतिबन्ध लगाएको त्यो शरीरका लागि दिन बिताउने र अलिअलि पैसा जुटाउने मेसो । एकपटक झुलुक्क देखेकी थिएँ ति रडका बाहिर चिहाउने पुर्जा, अनि आँत काप्यो । खै कसरी त्यस्तोमा पनि कहिले काहिँ हाँस्नुहुन्थ्यो दादा । हाँस्नुको कारण दुई मात्र थिए, ट्युसन कम रमाइलो बढी गर्न जाने हाम्रो जमात, अनि आफ्नी गर्लफ्रेन्डको फोनकल । को थियो होला र दादाको प्रेमको चर्चा नसुनेको ? मैले सुने अनुसार चार वर्ष बितिसकेको थियो रे त्यो प्रेमसम्बन्धको । दुवै परिवारलाई थाहा थियो, प्रतिक्षा थियो त केवल दादाको इन्जिनियरिङ्ग र दिदीको नर्सिङ सकिने समयको । पर्समा एकपटक तस्विर देखेकी पनि थिएँ । दादाको पुरानो तस्बिर हेर्ने हो भने त सुन्दरतामा दादाले जित्नुहुन्थ्यो । अनि सम्झिन्थेँ मलाई कालीभन्दै आठ कक्षामा मेरो प्रेम प्रस्ताव खारेज गर्न केटा !
‘दादा, हजुर त दिदी भन्दा कति धेरै राम्रो हुनुहुन्थ्यो, अनि लभ कसरी प-यो ?’
‘प्रेम यस्तै हो, आफूले माया गर्ने मान्छेको कमजोरी न देखिन्छ, न माया कम नै हुन्छ । तिमीहरुले बुझ्दैनौ यस्तो कुरा ।’
आफैँलाई लाग्यो, मलाई त ‘लभ’ मात्र थाहा रहेछ, माया प्रेम त बुझ्ने बेला नै भएको थिएन । ‘सबै गइसके, तिम्रो घरमा त ताल्चा उस्तै छ, बस्दै गर एकैछिन, मम्मी आएपछि गए हुन्छ । म खाजा लिएर आउँछु । डर त लाग्दैन नि ?’
एसएलसी नजिकिँदाको एक दिन थियो । डर ? घरमा भन्दा बढी समय त त्यहिँ बित्थ्यो मेरो । साँच्चै भनुँ भने मैले आकाश दादामा आफू एक्लो सन्तान हुँदा गुमाएका सबै अनुभव बटुल्दै थिएँ । भन्न मन लाग्थ्यो, आफ्नै दादासँग बस्न के को डर ? ‘लाग्दैन ।’ दादा ढोकाबाट बहिर निस्किएको केही बेर पनि नहुँदै फोन बज्यो, रिङ्गटोन मैले चिनि हालेँ । बोलाउने सुरमा थिएँ तर मैले केही गर्न परेन, रिङ्गटोन नै काफी थियो । जब जब त्यो रिङ्गटोन बज्थ्यो दादाको मुहारमा अर्कै चमक, अर्कै उत्साह हुन्थ्यो, फोन उठाउन हतार पनि गज्जब नै हुन्थ्यो । त्यो दिन पनि त्यही उत्साहले फोन लिएर निस्कनु भयो छतमा ।
अचानक आएको आवाजले झस्किएर बाहिर निस्किएँ । दादा वेगले सिँढिबाट ओर्लिएर मेरा आँखाबाट ओझेल हुनुभयो । केही बेर त अलमलिएँ, अनि सिमेन्टले बनेको जमीनमा छरिएका मोबाइल फोनका पार्टपुर्जा देखेँ । सधैँ दादाले आफूलाई र हामीलाई समेत गीत सुनाउने त्यो फोनको माया लाग्यो, अनि टिप्नु कि नटिप्नु असमन्जसमा परेँ । तर फोनको भन्दा बढी दादाको माया लाग्यो, अनि दौडिएँ तल । सायद फोनलाई टिपेर जोड्न सजिलो हुन्थ्यो होला, तर जब त्यहाँ दादालाई देखेँ तब लाग्यो त्यहाँ धेरै कुरा छरिइसकेका थिए जो त्यो उमेरमा मैले समेट्नु सम्भव थिएन ।
पूजा लगाएपछि आँगनबाट नहटाइएका कुर्सी दादाको रिसको शिकार बन्दै थिए । म न कारण सोध्न सक्थेँ न दादालाई सम्हाल्न नै । कुनामा चुपचाप उभिएर त्यो हालत, त्यो पागलपन देख्दा मेरै आँखाबाट आँसु बगिसकेछन्, निम्तो बिना नै । म रोएको देखेर थियो वा तर्सिएको बुझेर, दादा आफूलाई सम्हाल्दै चुपचापमाथि हिँड्नुभयो । म पनि प्रश्नै प्रश्नलिएर पछिपछि लागेँ, सोध्न सकिँन त्यो कुरा अलग थियो ।
केही बेर त्यहाँँ केवल मौनता नै थियो, अनि मौनतामा पनि सधैँ ताकत हुँदैन रहेछ बोलिदिने ।दादा ढोकाबाट बहिर निस्किएको केहि बेर पनि नहुँदै फोन बज्यो, रिङ्गटोन मैले चिनि हालेँ । बोलाउने सुरमा थिएँ तर मैले केहि गर्नपरेन, रिङ्गटोन नै काफी थियो । ‘फोर यर्स ! चार वर्षको रिलेसन अनि आज आएर भन्छे फिलिङ्स आएन । फिलिङ्स के बेमौसमे झरी होर अचानक आउने अचानक बिलाउने ?’ म सुनिरहेँ ।
‘आइ कान्ट बि विथ यु, मलाई फिलिङ्स नै आउन छोड्यो तिम्रो लागी रे । फिलिङ्स माइ फुट ! मेरो हात ठिक हुन्जेल त आउँथ्यो होला नि त्यसलाई फिलिङ्स ? बस् ! अहिले हात ठिक हुने आश म¥यो अनि म¥यो त्यसको फिलिङ्स पनि । बाइकमा घुमाउन लग्न सकिँन, त्योसँग डेट जान हिँड्न सकिँन, अरुको अगाडि ब्वाइफ्रेन्ड भनेर चिनाउन पनि लाजैमर्दो पार्न सन्यासी देखिएँ होला म, अनि आउन छोड्यो फिलिङ्स । अझ अर्को केटाले मभन्दा बढी केयर ग¥यो रे ! बाइकमा घुमायो होला, इस्कुटीमा पेट्रोल हालिदियो होला, फोनमा रिचार्ज गरिदियो होला, महँगो खाजा खुवायो होला, त्यही केयर भो होला त्यसको लागि म जस्तो हात भाँच्चिएकोले गर्न नसक्ने । बरु हात प्लास्टर गरेको दिनमै म घाइतेलाई दया मात्र गर्नसक्छु, माया गर्न सक्दिँन भनेको भए बाटो छोडिदिन्थेँ । अहिले आएर फिलिङ्स म¥यो अरे । त्यसको फिलिङ्स मरेको हैन अन्तै डेरा सरेको हो ।
‘मेरो सुझबुझ भन्दा बाहिर थियो, चुपचाप सुनिरहेँ । झ्यालनेर उभिएर बाहिर हेरेर अचानक मतिर फर्किनुभयो
‘दादा ढोका खुलिसकेछ तिम्रो घरको । आन्टी आउनुभो होला, जाउ ।’
त्यही अन्तिम थियो आज नभेटेसम्म मैले आकाश दादाको मुखबाट सुनेको । त्यो दिनबाट दादा खै कता हराउनुभयो, कसैले थाहा पाएन । पछि सुनेँ घर सरेको कुरा, अनि यो पनि सुनेँ कि उपचार गर्दागर्दा हात निको भयो । सोच्थेँ, दादाको हात ठिक भएपछि दिदी फर्किनुभयो होला ? कि दादाले अरु कोही भेटाउनु भयो ? अनि फेरि सोच्छु, के त्यसपछि मायामा विश्वास रह्यो होला र ? यहाँ म कहिले माया नपाएर त कहिले लभ नपरेको निहुँमा आफैँमा कमी खोज्दै दिन बिताउँछु । सायद यो मायाको परिभाषा नै यस्तो रहेछ, नपाउनेका लागि अलग, पाउनेका लागि अलग अनि पाएर पनि गुमाउनेका लागि अलग । छेवैबाट एक जोडी गयो एक अर्काको हात समाउँदै । आज पनि मेरो मनमा प्रश्न उठ्यो, केवल प्रश्न अलग ः ‘के ती दुईमध्य कुनै हात प्लास्टरमा बाँधिए समाइरहेको त्यो अर्को हात साथ रहला ?’
(स्रोत : श्री रुपरेखा)