~रामकृष्ण वान्तवा~
प्राणीमध्य बुद्धि विवेक भएको मानिस
बुद्धि भएर गर्दैन पुण्य किन – मानिस
धेरै छ यहा गर्ने गरी कुनै साध्य छैन
केही गरी जाउँ जन्मेर मर्नु मात्र हैन
प्राणी जन्मेर मर्नु त संसारको रितै हो
अमर नाम राखी जानु अतिनै राम्रो हो
छोरा तिमी के झुण्ड्याउँछौ कुण्डल कानमा
जुल्फी पाली जात फाल्छौ गुन्द्रुकको झोलमा
तिमी त मानिस हौ ऋतु त अवश्य होईनौ
किन रुप बदल्छौ तिमी पागल होईनौ
बिन्ती गर्छु जन्मेर मात्र नमर भन्छु म
बोलेर हुन्छ के गरेर देखाउ भन्छु म
हातमा हात काँधमा काँध कम्मर कसेर
गर काम हे मनु तिमी संसार हेरेर
फर्केर हेर घर कस्तो छ भनेर
आमाकी हालत घरमा के साध्य भनेर
चिच्याउँछे आमा खरानी घरमा हेरेर
सन्तान त्रि्रा रुदैछन भविष्य सम्झेर
हेर त्यो तिम्रो घरको के – हालत हुँदैछ
खरानी माथि हामफाली मुसात जाँदैछ
यहि कथा सुनेर माता झोक्रेर बस्दैछिन
बिचरी श्रृष्टिकर्ता माता सराप्दै रुदैछिन
यसरी बिकृति ल्याउँने नगरौँ भन्छु म
आफ्नोपन संस्कार हाम्रो नभुलौँ भन्छु म
मनु राम्रो रुपले हुन्न बुद्धिले हुँदछ
ढुङ्गो कुधि सुन त हुन्न यो कुरो सत्यछ
प्राणीमध्ये बुद्धि विवेक भएको मानिस
बुद्धि भएर किन गर्दैन पुण्य – मानिस
खोटाङ
हाल जोर्डन, हंगकंग